Aamsanchar

पूर्व सभासद राईमाथि कुटपिट

Author Image
आइतवार, असार १९, २०७३

खोटाङ।

20150411344402

खोटाङका पूर्व सभासद अर्जुन राई घाईते हुनुभएको छ । दिक्तेलबाट बुईपा जानेक्रममा शनिबार राति हुर्लुङमा बास बसेकै होटलमा  खोटाङ नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामीको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

होटलमा रक्सी खाएर बसिरहेका बेलामा फोनमा अरुलाई धम्काइरहेका उनीहरुले एक्कासी आफूलाई आक्रमण गरेको राईले बताउनुभयो । बास बसेको होटलबाट भागेर दोश्रो होटलमा पुग्दा त्यहि आएर कुट्न थालेपछि भागेर मकै बारीमा पुगेको उहाँले बताउनुभयो ।

भागेर मकै बारीमा पुग्दा पनि नछोडेपछि ज्यान बचाउन मरेको अभिनय गरेपछि बल्ल छोडेको घाइते राईले बताउनुभयो । कुटपिटबाट राईको नाक, बायाँ हातको पाखुरामा चोट लाग्नुका साथै शरीर र टाउकोमा निलडाम भएको छ । राईलाई मरणासन्न अवस्थामा उद्धार गरिएको नुनथला प्रहरी चौकीका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर