Aamsanchar

किशोरीलाई जबर्जस्ती गर्दा……

Author Image
सोमवार, असार २०, २०७३

लहान ।

स्थानीय एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिरहाको गोलबजार नगरपालिका–५ निवासी चन्देश्वर भनिने चन्दे साह हलुवाइलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पीडितको जाहेरीको आधारमा पक्राउ परेका हलुवाइविरुद्धको जबर्जस्ती करणी मुद्दामा आइतबार भएको सुनुवाइमा अदालतले हलुवाइलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

आदेशअनुसार आइतबार साँझ नै हलुवाइ पुर्पक्षका लागि सिरहा जिल्ला कारगार पठाएको छ ।
गत २०७३ वैशाख १५ गते गोलबजार नगरपालिका–५ निवासी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी फरार रहेको भन्दै प्रहरीले हलुवाइलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर