Aamsanchar

ईद आज होइन भोली

Author Image
बुधवार, असार २२, २०७३

झापा । 

20_08_2012-19eid

मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व ईदउल फितर भोलीमात्र मनाईने भएको छ ।

 

मुस्लिम धर्मगुरुहरुका अनुसार गएराती चन्द्रमा नदेखिएपछि भोली मात्र ईद मनाउन लागिएको हो । मुस्लिम धर्मावलम्बीहरुले रमजानको १ महिना लामो कठोर व्रतपछि अन्तिम दिन ईद उल फितर पर्व मनाउने गर्दछन् ।

चन्द्रमाको आकारको आधारमा यो पर्व मनाउने दिन निर्धारण गर्ने गरिन्छ । जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तबमात्र रमजान महिनाको व्रत अन्त्य भई इदउल फितर पर्व सुरु भएको मानिन्छ ।

अन्तर धार्मिक परिषद्का संस्थापक एवम् ईस्लामिक संघ नेपालका पूर्व अध्यक्ष मौलाना नजरुल हसन फलाहिले गएराती चन्द्रमा नेदिएपछि भोली मात्र इन पर्व मनाउने निर्णय भएको जानकारी दिनुभयो ।

सोहि निर्णयका आधारमा सरकारले भोली सार्वजनिक विदा दिने तयारी समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर