Aamsanchar

लेखक सङ्घ मोरङको पुनर्गठन

Author Image
बुधवार, असार २२, २०७३

पथरी ।

1416566502-283

नेपाली लेखक सङ्घ मोरङको पुनर्गठन गरिएको छ । सङ्घमा आबद्ध लेखक तथा साहित्यकारको विराटनगरमा मङ्गलबार बेलुका भएको भेलाले गोकुल अधिकारीको अध्यक्षतामा समितिको पुनर्गठन गरेको हो ।

यसअघि समितिको अध्यक्षमा प्राज्ञ विवश पोखरेल हुनुहुन्थ्यो । पोखरेल सङ्घको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि मोरङ समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा दिङ्लाली कान्छो, सचिवमा मीनकुमार नवोदित र कोषाध्यक्षमा कविराज पोखरेल चयन हुनुभएको छ । सङ्घ प्रजातान्त्रिक विचारमा आबद्ध लेखक–साहित्यकारको सङ्गठन हो ।

त्यस्तै, सीमा आभास, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, चूडामणि नेपाल अकिञ्चन, निर्मला कोइराला, लक्ष्मी पोखरेल र सुशील घिमिरे ‘त्रैलोक्य’ सदस्यमा चयन भएका छन् ।

साथै, भेलाले भाषाशास्त्री बालकृष्ण पोखरेल, प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, कविराज न्यौपाने, भूषण ढुङ्गेल, रमाप्रसाद रिजाल, गङ्गाधर कट्टेल, डा बिमला श्रेष्ठ र दिलीप सापकोटा रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर