Aamsanchar

ईदउल फितर आज

Author Image
बिहिवार, असार २३, २०७३

Eid-India

बिर्तामोड ।

मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईदउल फितर आज मनाइँदैछ ।
मुस्लिम धर्मगुरुहरूका अनुसार मंगलबार राति चन्द्रमा नदेखिएपछि बिहीबार मात्र ईद मनाउन लागिएको हो ।
मुस्लिम धर्मावलम्बीहरूले रमजानको १ महिना लामो कठोर व्रतपछि अन्तिम दिन ईद उल फितर पर्व मनाउने गर्दछन् । चन्द्रमाको आकारको आधारमा यो पर्व मनाउने दिन निर्धारण गर्ने गरिन्छ ।
जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तबमात्र रमजान महिनाको व्रत अन्त्य भई इदउल फितर पर्व शुरु भएको मानिन्छ । अन्तर धार्मिक परिषद्का संस्थापक एवम् इस्लामिक संघ नेपालका पूर्व अध्यक्ष मौलाना नजरुल हसन फलाहिले मंगलबार राति चन्द्रमा नदेखिएपछि बिहीबार मात्र इद पर्व मनाउने निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर