Aamsanchar

भाषाविद् आङदेम्बेको निधन

Author Image
शुक्रवार, असार २४, २०७३

पाँचथर।

book-e1461668851502

भाषाविद् तेजमान आङदेम्बेको निधन भएको छ । उहाँको पाँचथर जिल्लाको लुम्फावुङ–३ काफलबोटेस्थित घरमा बिहीबार बेलुका ५ बजे निधन भएको हो ।

 

लुम्फावुङ उच्च माविमा अध्यापनरत ५१ वर्षीय आङदेम्बेले अङ्ग्रेजी, नेपाली र लिम्बू भाषामा दक्षता हासिल गर्नुभएको थियो । लिम्बू साहित्य र मुन्धुमका समेत जानकार उहाँको घरैमा निधन भएको सोही विद्यालयका शिक्षक नरेन्द्र शेर्माले जानकारी दिनुभयो ।

केही समयदेखि कमलपित्त ९जन्डिस०को बिरामी उहाँको सामान्य अवस्थामा रहेकोमा परिवारका सदस्यहरुसँग कुराकानी गर्दागर्दै अचानक देहान्त भएको शेर्माले बताउनुभयो ।

आङदेम्बेले त्रिभुवन विश्वविवद्यालय केन्द्रीय क्याम्पस, धरान क्याम्पस र पाँचथर बहुमुखी क्याम्पसमा समेत अध्यापन गराइसक्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर