Aamsanchar

चौतारीको विज्ञप्तीको कडा आलोचना

Author Image
शुक्रवार, असार २४, २०७३

बिर्तामोड ।

press1-300x163

पे्रस चौतारी झापाले पत्रकारका विरुद्ध जारी गरेको विज्ञप्तिप्रति पत्रकारका तीन संगठनले कडा आपत्ति जनाएका छन् ।
झापाको बिर्तामोडमा बिहीबार बसेको संयुक्त बैठकले प्रेस चौतारीले जारी गरेको विज्ञप्तिप्रति निन्दा र भत्सर्ना गर्दै कडा आपत्ति जनाएको हो । त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई पूर्वाञ्चल दैनिकलाई तीन दिनभित्र स्पष्टीकरण दिन काटेको पत्रप्रति पनि पत्रकारका प्रमुख सङ्गठनहरुले आपत्ति जनाएका छन् ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टर झापाका अध्यक्ष टीकाराम उप्रेती र मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईंद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा प्रशासनलाई नउक्साउन पनि प्रेस चौतारी झापालाई सुझाव दिइएको छ ।
केही दिन अघि बिभिन्न सञ्चार माध्यममा प्रकाशन÷प्रसारण भएको विज्ञप्तिको विषयलाई लिएर बिर्तामोडको पूर्र्वाञ्चल दैनिकलाई जिल्ला प्रशासन कार्यालय झापाले स्पष्टीकरण सोधेको थियो । पत्रिकामा प्रकाशन भएको कुनै बिषयमा चित्त नबुझेमा उजुरी गर्ने निकाय प्रेस काउन्सिल, पत्रकार महासंघ वा अदालत हुँदाहुँदै जिल्ला प्रशासन कार्यालयले पत्रिका र पत्रकारलाई स्पष्टीकरण माग्दै पत्र काट्नु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको र आगामी दिनमा यस्तो कार्य नगर्न प्रशासनलाई सचेत गराइएको छ । पत्रकारको आचारसंहिता स्मरण गराउँदै पत्रकारविरुद्धका गतिविधिहरु तत्काल रोक्न समेत प्रेस चौतारी झापालाई आग्रह गरिएको छ ।
यता पत्रकारको छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को सदस्यता प्राप्त गरेको प्रेस युनियन झापा शाखाले पनि छुट्टै विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका सचिव गिरिराज भट्टराईले विज्ञप्ति जारी गर्दै युनियनका पार्षद् तथा महासंघ झापाका कार्यसमिति सदस्य सुरेन्द्र भण्डारी र महासंघका सचिव एकराज गिरीप्रति लाञ्छना लगाउँदै एउटा पत्रकारले अर्काे पत्रकारलाई पक्राउन लगाउने कार्यले प्रेस स्वतन्त्रताको रक्षा नहुने बताएका छन् ।
फरक विचार राख्ने संगठनका सदस्यहरुलाई वैचारिक आस्थाकै आधारमा लाञ्छना लगाएर चरित्रहत्या गर्ने कार्यको सचिव भट्टराईद्वारा जारी विज्ञप्तिमा भत्र्सना गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर