Aamsanchar

सिटौला समाजले गर्यो अभिनन्दन र सम्मान

Author Image
शुक्रवार, असार २४, २०७३

चारपाने । सिटौला समाज नेपाल जिल्ला शाखा झापाले सिटौला वंशका अग्रजहरु प्रगतिशिल व्यक्ति र जेहेन्दार छात्र,छात्रालाई सम्मान, अभिनन्द र प्रसंशा पत्र प्रदान गरेको छ । सुक्रबार झापाको चारपानेमा आयोजित भव्य समारोहका विच उक्त सम्मान, अभिन्नदन तथा प्रशंषा पत्र प्रदान गरिएको हो । सिटौला समाज नेपाल झापा शाखाका अध्यक्ष पर्शु सिटौलाको सभापतित्व रहेको कार्यक्रमको प्रमुख आतिथ्य पूर्व सामसद डिल्ली सिटौलाको रहेको थियो ।

विगत १२ बर्ष देखी अमेरीकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौलाले आफ्नो मामृभुमी नेपाललाई नभुलेको र विभिन्न संघ संस्थाको माध्ययमवाट पिछडिएका नेपालीहरुलाई साथ र सहयोग गर्दै सिटौला वंश उत्थानमा पनि उल्लेखनीय योगदान पुर्याए वापत अमेरिकावासी सिटौलालाई समाजले अभिनन्दन गरेको थियो ।

कार्यक्रममा सिटौला वंशका जेष्ठ अभिभावक मध्य ९० बर्ष पुगेका अग्रज ५ जनालाई सम्मान सहित नगद र भुकम्प पिडित सुनिता सिटौलालाई सिटौला समाज झापाको तर्फवाट नगद ५ हजार र सिटौला समाज उत्तर अमेरिकाको तर्फवाट २० हजार आर्थिक सहयोग गरिएको थियो ।

त्यसैगरी झापा जिल्ला भरिका सिटौला वंशका छोरा छोरी मध्य दुईजनालाई समाजले प्रशंषा पत्र र नगद २ हजार प्रदान गरेको थियो । अभिन्दित सिटौलाले पुरानो बाल्यकालको आत्मिय सम्बन्ध स्मरण गर्दै दमक निवासी देउपथ सुब्बालाई नगद १५ हजार प्रदान गरेका थिए ।

कार्यक्रममा भक्ति सिटौला, एल पी सिटौला, किरण सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सिटौला समाज झापा क्षेत्र नं २ का संयोजक प्रेमप्रकास सिटौलाले गरेका थिए । सम्मान तथा अभिनन्दन पत्रलाई खेम सिटौला र पुण्य सिटौलले वाचन गरेका थिए ।

satula

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर