Aamsanchar

इलाम कारागारमा साक्षरता कक्षा

Author Image
शनिवार, असार २५, २०७३

इलाम ।

जिल्ला कारागार इलाममा निरक्षर कैदीबन्दीका लागि साक्षरता कक्षा सुरू गरिएको छ ।

सुधारगृहको रूपमा रहेको यो कारागारमा रहेका कतिपय कैदीबन्दी सामान्य लेखपढ गर्न समेत नजान्ने भएकाले साक्षरता कक्षा थालिएको हो ।

साक्षरता कक्षामा १४ पुरुष र ११ महिला सहभागी छन् । सुधारगृह भनिए पनि त्यसअनुसारको सेवा सुविधा नपाएको यो कारगारमा सामान्य लेखपढ समेत नजान्नेका लागि कुनै व्यवस्था थिएन ।

कारागार प्रशासन र कैदीबन्दीकै प्रयासमा निरन्तर सञ्चालन हुने गरी पठनपाठनको व्यवस्था मिलाइएको कारागार प्रमुख सिर्जना लुइँटेलले बताउनुभयो ।

आवश्यक खर्च दुवै पक्षबाट जुटाइएको साक्षरता कक्षामा जेलजीवन बिताइरहेका शिक्षकले अध्यापन गर्ने बताइएको छ ।

कारागारबाट छुटेपछि समाजमा अपराध न्यूनीकरणका लागि प्रयास गर्न सघाउने उद्देश्यले यस्तो प्रयास थालिएको लुइँटेल बताउनुहुन्छ । दुई सय ४५ पुरुष र २८ महिला बन्दी रहेको कारागारबाट यो वर्ष पाँच जनाले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर