Aamsanchar

अफ्रिकाको बाख्रा नेपालमा

Author Image
शनिवार, असार २५, २०७३

भद्रपुर।

DSCN1439-1024x768

जिल्ला पशुसेवा कार्यालय झापाले चालु आर्थिक वर्षमा जिल्लाभरिमा युवालक्षित कार्यक्रमअन्तर्गत् रु ६७ लाख अनुदान वितरण गरेको छ ।

पशुपालन, बाख्रापालन, बंगुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई रु दुई लाखदेखि रु तीन लाखसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका प्रमुख डा. माधव दाहालको नेतृत्वमा शनिबार गरिएको अनुगमन तथा निरीक्षणबाट देखिएको हो ।

अनुगमनमा सहायक प्रजिअ गोविन्द सापकोटा, प्रमुख वन अधिकृत बोधराज सुवेदी, कोष अधिकृत दिनेश पोखरेल, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, महिला विकास अधिकृत इन्दिरा ओझा, पशुसेवा कार्यालयका डा. कुमार खत्री र रासस मेची अञ्चल कार्यालयका प्रमुख मोहम्मद सदरुललगायत सहभागी थिए ।

अनुगमनकाक्रममा झापा गोलधाप गाविसस्थित स्थानीय युवा गणेश पराजुलीद्वारा सन्चालित प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट रु सात लाख ९ हजार खर्च गरेर ल्याइएका दुईथान बोयर बाख्रा भेटिएका छन् । दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए ।

उनकाअनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकूल वातावरण नभएपनि विस्तारै अनुकूल हुँदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भइ प्रशस्त आम्दानी गर्न सकिनेछ ।

यसैगरी, गरामनीस्थित सहारा कृषि परियोजनाले पशु विकास डेरी प्रवद्र्धनका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु तीन लाख अनुदान पाएका परियोजना सन्चालक लक्ष्मीप्रसाद सिटौला गाईपालनबाट प्रशस्त आम्दानी गर्न सफल भएका छन् ।

दैनिक २२५ लिटर दुग्ध उत्पादन हुने सो परियोजनामा दूध दुहुने यन्त्र खरिद गर्न पशु उत्पादन निर्देशनालयबाट रु ९० हजार थप अनुदान प्राप्त भएको थियो । पाँचजनाले प्रत्यक्षरुपमा रोजगार पाएको सो परियोजनालाई अझ व्यवसायिक एवं सुदृढ बनाइने सिटौलाको भनाइ छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर