Aamsanchar

दृष्टिविहीन दम्पतीलाई हङ्कङको सहयोग

Author Image
आइतवार, असार २६, २०७३

पथरी (मोरङ) ।

उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ ।

राई दम्पतीको राससमार्फत केही महिनाअघि विभिन्न सञ्चारमाध्यमबाट प्राथमिकताका साथ समाचार प्रकाशन प्रसारण भएपछि थुप्रै सहयोगी हातहरु भेटिएका छन् ।

वैदेशिक रोजगारीका लागि हङ्कङमा रहनुभएका उर्लाबारीवासीका तर्फबाट पठाइएको उक्त रकम राई दम्पतीलाई घरमै पुगेर शनिबार उर्लाबारी परिवार हङ्कङका नेपाल प्रतिनिधि राजु लामाले हस्तान्तरण गर्नुभयो ।

स्वदेश तथा विदेशमा रहनुभएका नेपालको सहयोगमा छ महिनाअघि थालिएको घर निर्माण कार्य अन्तिम चरणमा छ । आर्थिक सहयोग जुटेर नयाँ घर पाएका राई दम्पतीले सहयोगीदाताप्रति भावुक हुँदै धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा घर निर्माणमा सक्रिय रहनुभएका शोभितमाया तामाङ, मीना कार्की, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारी, पूर्व अध्यक्ष जगन्नाथ भट्टराई, सञ्चारकर्मी हरि कोइराला, धर्मानन्द केसीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर