Aamsanchar

ब्लगस्पट चलाउँदा–चलाउँदै वेब डिजाइनर बने टुरुप

Author Image
आइतवार, असार २६, २०७३

(नरेन्द्र ढकाल)

13331068_1174829889228275_1281438997138472495_n
झापा ।  
हात–हातमा मोबाइल अनि हरपल इन्टरनेटमा विश्वका खबर । प्रविधिको विकाससंगै विश्व आज एउटा सानो घर जस्तै भएको छ । जुसुकै स्थानमा जे भएपनि तत्काल विश्वभर खबर पुग्छ । यस्तै खबर पु¥याउने वेभ साइडहरुको निर्माणमा ब्यस्त वेब डिजाइनजर टुरुप संग्रैला पछिल्लो समयमा सबैको रोजाई बन्न पुगेका छन् ।
पाँचथरका टुरुप सङ्ग्रौला घरमै बसेर विश्वका कुनाकाप्चामा रहेका विभिन्न कम्पनीको काम गर्छन् । तर पछिल्लो समय उनी राजधानीमा बस्दै आएका छन् । उनलाई कामको होइन, काम गर्ने समयको खाँचो छ । उनको साथमा इन्टरनेट डिभाइस र ल्यापटप कहिल्यै छुट्दैन । ५ वर्षअघि ब्लगस्पट चलाउँदा–चलाउँदै वेब डेभलपमेन्टको क्षेत्रमा प्रवेश गरेका संग्रौला अहिले आफ्नो कामबाट सन्तुष्ट छन् । ’अरूलाई जागिर खोज्ने चिन्ता छ, मलाई भने काम कसरी भ्याउने भन्ने समस्या छ,’ संग्रौलाले भने ।

संग्रौलाले प्रविधिको विकास र विस्तार यति छिटो होला भन्ने सोचेका पनि थिएनन् । जुन बेला संग्रौलाले यो क्षेत्रमा प्रवेश गरे त्यतिबेला ठूल्ठूला कम्पनीहरूले मात्र वेबसाइट बनाउँथे, तर प्रविधिले यति छिटो फड्को मारेको छ कि अहिले व्यक्तिगत रूपमै वेबसाइट बनाउनेहरू ह्वात्तै बढेका छन् । संग्रौलाले अहिलेसम्म ’कम्तीमा ४ सयभन्दा बढी वेबसाइट बनाइ सकेका छन् ।’ वेब डेभलपमेन्टको क्षेत्रमा उज्ज्वल भविष्य देखेका संग्रौलाले  अझै पनि डेभलपरहरूबीच खासै प्रतिस्पर्धा नभएको बताए । उनले भने– प्रविधिको क्षेत्रमा लाग्नेहरू रोजगारीका लागि भौंतारिनु पर्दैन् , आइटीको क्षेत्रमा दक्ष व्यक्तिलाई नेपालमै पनि राम्रो अवसर छ, विदेशमा त अझ आकर्षक अवसर पाइन्छ ।

मुलुक बिस्तारै इ–गभर्मेन्सतर्फ लम्किरहेकाले अझै यस क्षेत्रमा निकै राम्रो भविष्य भएको संग्रौलाको भनाई छ ।  रुचि र इच्छा भयो भने वेब डेभलपमेन्टको क्षेत्रमा निर्धक्क प्रवेश गर्न सकिने भन्दै यस क्षेत्रमा लाग्न उनले आग्रह गरेका छन् ।  यो क्षेत्रमा प्रवेश गर्न साइन्स नै पढ्नुपर्छ भन्ने छैन, बीआइएम, सीएसआइटी, बीआइटी, बीई अध्ययन गरेर पनि वेब डेभलपर बन्नसकिन्छ । यसका साथै इन्सटिच्युटहरूमा पीएचपी, जाभा, एएसपी आदि पढेर पनि यो क्षेत्रमा प्रवेश गर्न सकिने जानकारहरु बताउँछन् ।
यो क्षेत्रमा वेबसाइट तयार गरेर, फिचर हेरेर, आउटसोर्सिङको काम गरेर आम्दानी गर्न सकिने संग्रौलाको भनाई छ ।

11018857_915297878514812_837697727585807734_n वेब डेभलपर संग्रौला मासिक १ लाख  रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने बताउँछन् । विदेशी कम्पनीहरूले पनि सस्तोमा काम गर्ने हुनाले नेपालीलाई काम दिने नेपाली वेब डेभलपर्सहरूको अनुभव छ । यो क्षेत्रमा समस्या र चुनौति पनि उत्तिकै रहेको संग्रौलाको बुझाई छ । आइटी क्षेत्रमा सरकारले खासै सहयोग नगर्दा अझै पनि केही रकम विदेशीने गरेको छ । उनले भने–सरकारले प्रविधि सम्बन्धि केही ठोस नीति ल्याएर काम गर्ने हो भने आउट र्सोसिङको रकम पनि नेपालमा नै रहने थियो ।

बैंकहरुमा समस्या रहेको भएको वेब डेभलपमेन्टका क्षेत्रमा सक्रिय संग्रौलाको बुझाई छ । डलर एकाउण्ट बनाउन बैंकहरुमा समस्या रहेको उनले बताए । पछिल्लो समय नेपालमा प्रविधिको क्षेत्रमा युवाहरुको आकर्षण बढेको उनको बुझाई छ । उनले यस क्षेत्रमा अबसर र चुनौति दुवै रहेको बताए । समय अनुसार आफुलाई बदल्न सकेका यो क्षेत्रमा प्रसस्त अवसर छ तर समय अनुसार आफुलाई परिर्वतन नगर्न नसकेका आफुभन्दा दक्ष आएमा आफु विस्थापित हुन सकिने उनको भनाई छ ।

आफु पाँचथरमा जन्मेपनि झापामा नै बाल्यकाल बिताएको भन्दै झापामा पहिलो पटक पूर्वाञ्चल दैनिकको वेब साइट बनाएको सुनाए । उनले अहिले झापामा ८ वटा अनलाइनहरुको वेब साइट आफैंले डिजाइन गरेको जानकारी समेत दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर