Aamsanchar

बसको ठक्करबाट भारतीय सुरक्षाकर्मीको मृत्यु

Author Image
आइतवार, असार २६, २०७३

सुनसरी ।

bus-collions-with-bike

पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरीपुर ९ मा शनिबार राती बसको ठक्करबाट भारतीय एसएसविका एक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत भीमनगर चेकपोष्टमा कार्यरत २२ वर्षिय जवान आर बेनिया रहेका छन ।  पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ४२३८१ नम्बरको बसले बेनियासहित तीन जना सवार बिआर ४९–६८०१ नम्बरको मोटरसाइकललाई राती ८ बजेतिर बसले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारकालागि विरपुरतर्फ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरु सुनसरी हरिपुर ९ बस्ने २२ वर्षिय राजाराम मण्डल र मनोज साहलाई उपचाकालागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ । बस तथा चालक सिमा प्रहरी चौकी कोशीब्यारेजमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर