Aamsanchar

जथाभावी फोहर फाल्नेविरुद्ध कारबाही सुरु

Author Image
सोमवार, असार २७, २०७३

पथरी (मोरङ)।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले फोहर मैलाको उचित व्यवस्थापन नगरी सिरिन्ज र औषधिजन्य सामग्री जथाभावी सडकमा फ्याकेको भन्दै विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ ।

सर्वसाधारणलाई जनस्वास्थ्यमा प्रत्यक्षरुपमा असर गर्ने गरी फोहरजन्य सामग्री सडकमा आइतबार फ्याकिरहेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको थियो ।

विराटनगरको फोहरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट प्रालि जेभीका सञ्चालक सदस्य देवी आचार्यले बजार अनुगमन गरिरहेको बेला विराटनगरको देवकोटा चोकमा रहेको जनस्वास्थ्य कार्यालयले फोहर फ्याकेको हो । विराटनगर उपमहानगरपालिकाका फोहरमैला व्यवस्थापन शाखाका प्रमुख हीरालाल यादवले जनस्वास्थ्य जस्तो कार्यालयले फोहर व्यवस्थापनमा गम्भीर नभएको उल्लेख गर्दै कार्यालयलाई आइतबारनै उपमहानगरपालिकाले स्पष्टीकरण सोधेको जानकारी दिनुभयो । सडकमा फ्याकिएका फोहरमा अधिकांश सिरिन्ज, प्याड थिए । उपमहानगरपालिकाको नगर प्रहरी घटनास्थलमा बोलाएर फोहर फाल्ने सहयोगी कर्मचारीलाई उपमहानगरपालिका कार्यालय पु¥याइएको थियो ।

फोहरमैला शाखा प्रमुख हीरालाल यादवले जथाभावी फोहर गर्नेलाई ऐनअनुसार रु एक लाखसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको बताउनुभयो । जनस्वास्थ्यलाई स्पष्टीकरण सोधिएको छ यादवले चित बुझ्दो जवाफ आएन भने रु एक लाखसम्म जरिवाना गर्न सकिन्छ । वेस्ट मेनेजमेन्टले केही दिनदेखि जथाभावी फोहर फ्याक्ने विरुद्ध बजार अनुगमन तीव्र पारेको छ । नगरक्षेत्रलाई फोहरमुक्त बनाउने अभियानअनुरुप वेस्ट मेनेजमेन्टले तत्कालै कारबाही गर्ने नीति लिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर