Aamsanchar

विश्व जनसंख्या दिवस आज

Author Image
सोमवार, असार २७, २०७३

काठमाडौं–

9cdf501cd2e834a3b4c2a6bbe6c5e60a

विश्व जनसंख्या दिवस सोमबार विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । दिवसको अवसरमा नेपालमा पनि कार्यक्रम हुँदैछ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको यो वर्षको नारा ‘सुखद भविष्यका लागि किशोरीमा लगानी’ भन्ने तय गरिएको छ ।

दिवसको अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले शुभकामना सन्देश दिँदै किशोरीमा लगानी बढाउन तथा उनीहरुलाई साथ दिन सरकार, व्यवसायी तथा नागरिक समाजसँग आग्रह गुर्नभएको छ ।

आर्थिक लाभ र समाजिक अग्रगमनको अधिकार सबैलाई रहेकोले त्यसका लागि एकीकृत प्रयास गर्नु पर्नेमा महासविच वानले जोड दिनुभएको छ । सबैले जीवन सुरक्षा तथा आत्मसम्मान र अवसर पाउनु पर्ने उहाँको भनाई छ ।

यस्तै दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्दै जनसंख्या व्यवस्थापन गरी किशोरी तथा युवामा देखिएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

यस्तै जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले देशको आर्थिक अवस्था सबल बनाएर आम नागरिकको अवस्था सुधारका लागि पहल गरिने बताउनुभएको छ । दिवसको अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले पनि शुभकामना दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर