Aamsanchar

फेसबुकमा अश्लिल फोटाहरु पोस्ट गर्ने युवती पक्राउ

Author Image
सोमवार, असार २७, २०७३

काठमाडौं ।

sad-facebook-user-e1443336043893

अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् ।

सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार पक्राउ गरेको जनाएको छ ।

सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १४ की गंगा चन्द ठकुरीलाई प्रहरीले अरुको नामको फेसबुक बनाई अश्लिल सामाग्री राखेको र उनका आफन्त तथा साथीभाईहरुलाई समेत ट्याग गरेको भन्दै पक्राउ गरेको हो ।

ठकुरीलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)