Aamsanchar

ताल बनेको तमोर अझै खुलेन

Author Image
सोमवार, असार २७, २०७३

ताप्लेजुङ।

index
ताप्लेजुङको सावादिन गाविसमा शनिवार रातिकोे पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा बढी वितिसक्दा समेत उस्तै रहेको छ ।

सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति करीव दुई बजे तमोर नदी थुनेको थियो । नदी थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बन्दै फुरुम्बु तर्फको भाग बाट जमिन कटान गरी नदि बगिरहेको भए पनि थुनिएको भाग नखुलेको बताइएको छ ।

नाक्ला भीरबाट पहिरोसँगै ठुला ठुला चट्टान झरेर नदी थुनेकाले थुनिएको भाग खुल्न नसकेको स्थानीयले जनाएका छन् । हिजो नदिको फुरुम्बु तर्फको भाग कटान गरी नदी बगेपछि तालको केहि पानी घटेपनि अहिले अबस्था उस्तै रहेको उनीहरुको भनाई छ ।

नदी बगिरहेकाले नजिकै रहेको मितलुङ बजार जोखिममा नरहे पनि ताल देखि मुनिको तमोर नदि किनारका हान्द्रुङ र दोभान सहित खोक्लिङ गाविसको थुम्बाबेसी बस्ति जोखिममानै रहेका छन् ।

नदी थुनिएर ताल भएको स्थान भन्दा माथिको नदीबाट बाढी आएर थुनिएको भाग खुले ती बस्ती जोखिममा पर्ने देखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर