Aamsanchar

विराटनगरका दुई पत्रकारलाई पुरस्कृत

Author Image
मङ्गलवार, असार २८, २०७३

विराटनगर।

1454574412_download

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार विराटनगर दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ ।

छोराद्वारा स्थापित रु २१ हजार एकको मेम्बर चन्द्रलाल– दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धर र राष्ट्रिय समाचार समिति विराटनगरकी पूर्वकर्मचारी मीना श्रेष्ठद्वारा स्थापित रु १० हजार एकको परिश्रमी महिला पत्रकारिता पुरस्कारबाट इंक मासिक पत्रिकाका पत्रकार इन्दिरा भट्टराई सम्मानित हुनुभएको छ ।

सो अवसरमा पुनरावेदन अदालत विराटनगरका निमित्त मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेलले पुरस्कृतद्वयलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै अदालतको काम कारबाहीको विषयमा जनतासमक्ष पु¥याउनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले पत्रकारिता क्षेत्र मर्यादित क्षेत्र रहेको भन्दै आफैँले बनाएको आचारसंहिताभित्र बसेर अदालतसँग सहकार्य गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

सो संस्थाका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी डिभिजन कार्यालयका प्रमुख गोपी घिमिरे, जिल्ला सहकारी सङ्घका अध्यक्ष डिल्ली पोखरेल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश लम्साल, देवीप्रसाद दाहाल र पुरस्कृतद्वय मोहन मानन्धर र इन्दिरा भट्टराईले आ–आफ्ना धारणा प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर