Aamsanchar

फिदिम क्षेत्रमा सिसी क्यामेरा

Author Image
मङ्गलवार, असार २८, २०७३

पाँचथर ।

cctv-358x300

सदरमुकाम फिदिम क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् ।

सामुदायिक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान गरिएका ती क्यामेरा सञ्चालनका लागि स्थानीय बासिन्दा, नगरपालिका, जिविस, नेपाली काँग्रेस, नेकपा(एमाले), राप्रपा नेपाल र सांसद विकास कोषबाट गरी रु २३ लाख सङ्कलन भएको सामुदायिक सेवा केन्द्रका महासचिव मोहनकुमार दाहालले बताउनुभयो ।

फिदिम नगरको शनिबारे हटिया लाइनदेखि चारवरेसम्म र बसपार्कदेखि जिल्ला प्रहरी कार्यालयको ढोकासम्मको क्षेत्रमा क्यामेरा जडानसँगै फिदिमनगर अब २४ सै घन्टा सिसिटिभीको निगरानीमा रहने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर