Aamsanchar

झापामा ६० प्रतिशत रोपाई

Author Image
बुधवार, असार २९, २०७३

 

(सन्तोष अधिकारी)

झापा ।ropai

असार सकिनै लाग्दा झापामा करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ ।

गत बर्ष भन्दा यस बर्ष बार्षा छिटै शुरु भएकाले रोपाई गत वर्षको भन्दा चाँडो सम्पन्न हुने भएको हो । जिल्ला कृषि विकास कार्यालयको तथ्यंक अनुसार ढिलो ब्याड राखिएको क्षेत्र र केही आकासे पानीको भरमा रोपाई हुने क्षेत्र बाहेक पानी नटुटने सिमा अधिकाँश भागमा धान रोपाई सम्पन्न भएको छ ।

 

यसपाली छिटै मनसुन सक्रिय भएका कारण किसान हर्षित भएका छन् । यति बेला देशको बिभन्न ठाउँका किसान लाई जस्तै झापाका किसान लाई पनि धान रोप्न भ्याई नभ्याई भएको छ ।

 

यो सिजनमा एक दुई दिन बिरायर वर्षा भईरहेको र यस्तो वर्षा वर्षे खाद्यान्न बालिका लागि उत्तम वर्षा भएको कार्यालयले जनाएको छ । झापाका ९० हजार हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रविधिक सहायक शालिकराम भट्टराईले जानकारी दिए ।

 

उनका अनुसार झापामा ३८ हजार ७ सय ४० हेक्टर क्षेत्र सिञ्चित, १२ हजार ८४ हेक्टर अर्ध सिञ्चित र बाँकी आकाशे पानीको भरमा रोपाई हुने गरेको भट्टराईले बताए । धानको पकेट क्षेत्र मानिने झापामा वार्षिक दुई सिजनमा धान रोपाई हुने गरेको छ ।चैते धान एक लाख ५ हजार टन र वर्षे ३ लाख ५७ हजार ५४० टन धान उत्पादन हुने गरेको प्राविधिक सहायक भट्टराईले बताए । उनका अनुसार यस पटक बेलैमा धान रोपाई भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

 

देशभरका किसानहरु अहिले धान रोपाईमा व्यस्त छन् । बर्षा पनि भने जस्तै गरी भएकोले पनि देशका अधिकांश स्थानमा यतिखेर धान रोपाई धमाधम भईरहेको छ । यो वर्ष समयमा नै किसानहरुले मल तथा बीउ पाएकाले वर्षे बाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । पर्याप्त वर्षा भएका कारण गत बर्ष भन्दा राम्रो धान उत्पादन हुने किसानहरुले अपेक्षा लिएका छन् ।

झापामा विशेष गरी रञ्जित, राधा–१२, सुख्खा १ र ३, मनसुली लगायतका धान रोप्ने गरिएको प्राविधिक सहायक भट्टराईले बताए । उनका अनुसार झापामा करिब आधा दर्जन धान रोप्ने मेसिनबाट धान रोपाई भइरहेको जनाइएको छ । धान रोपाई गर्ने क्षेत्र वर्षेनी प्लटिङका कारण अतिक्रमित भइरहेको भन्दै भट्टराईले भने– प्लटिङका कारण धान रोपाई मात्र नभए र बाली उत्पादनमा नोक्सान मात्र होइन महा नोक्सान गरेको छ । एक बिगहा क्षेत्रमा प्लटिङ गरेमा त्यसको असर अन्य १५ विगहामा पर्ने जानकारी दिए । झापाका १५ सय हेक्टरमा अब बाली उत्पादन हुन नसक्ने अवस्थामा पुगेको भट्टराईले बताए ।

 

धान उत्पादनमा खासै गिरावट नआएको बताउदै किसानले उन्नत जातको धानको रोप्न थालेकाले उत्पादकत्वमा कमी नआउने उनको भनाई छ । मनसुन जारी रहने बताउदै साउन १५ सम्ममा शतप्रतिशत रोपाई सम्पन्न हुने उनको भनाई छ । झापामा भदौको पहिलो सातासम्म धान रोपाई गर्नसकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर