Aamsanchar

असुरक्षित बन्दै बहुमूल्य पुरातात्विक वस्तु

Author Image
बिहिवार, असार ३०, २०७३

तौलिहवा (कपिलवस्तु)।

images

कपिलवस्तु सङ्ग्रहालयका शोकेस (काठका ¥याक) किरा धमिराले खाई गल्न लागेपछि पुरातात्विक वस्तु असुरक्षित बन्दै गएका छन् ।

यसका कारण ती बहुमूल्य वस्तुको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । तीन दशकभन्दा बढी भईसक्दा पनि मर्मतसम्भार नहँुदा ती शोकेस किरा धमिराले खाई जीर्ण बनेका हुन् ।

यस्तै, वर्षाका बेला पुरातात्विक वस्तु सङ्ग्रहित कोठामा पानी पनि चुहिने गर्दछ । पानी चुहिँदा कोठाभरी ढुँडी लाग्दा त्यसको असर शोकेशमा पनि पर्ने गर्दछ । कपिलवस्तु नगरपालिका, शिवगढमा रहेको सङ्ग्रहालयमा राजा शुद्धोदन र भगवान् गौतम बुद्धका जीवनसँग महत्वपूर्ण सम्बन्ध राख्ने ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक वस्तु सङ्ग्रहित रहेका छन् ।

किरा धमिराले शो केशको काठ खान थालेपछि त्यसको धुलो पुरातात्विक वस्तुमा आएर टाँसिने गरेको छ । यस्तो धुलो टासिँदा कतिपय पुरातात्विक वस्तु चिन्नै नसकिने अवस्थामा पुगेका छन् । त्यस्तै, जीर्ण बनेका शोकेश कतिखेर ढल्ने हो ठेगान छैन, त्यसैले पर्यटक आउँदा दुई–तीनजना उनीहरुको पछिपछि लाग्नुपर्ने स्थिति रहेकोे बताउनुहुन्छ कपिलवस्तु सङ्ग्रहालयका प्रमुख कृपाशङ्कर गुप्ता ।

सङ्ग्रहालयका महत्वपूर्ण वस्तु एउटा सानो कोठाको शो केशमा सङ्ग्रहित छन् । यहाँ पहिलोदेखि दोस्रो शताब्दीसम्मका माटोका मूर्ति, माला, भाँडाकुँडा, छैटौँ शताब्दीदेखि पहिलो शताब्दी इसा पूर्वका तामा, चाँदीका सिक्का, बहमूल्य मालमा रत्न, शिल छाप र गहनाहरु सङ्ग्रहित छन् । त्यस्तै, मुस्ताङको चोखोपानी गुफामा पाइएका १२ औँ शताब्दी इसापूर्वका मानव अवशेष, माटोका भाँडाकुँडा, कबच, कौडा, शङ्ख र पत्थरका गोलीलगायत पनि यहाँ सङ्ग्रहित छन् ।

पहिले यो सङ्ग्रहालय क्षेत्रीयस्तरको रहेकाले यहाँ मुस्ताङबाट पनि पुरातात्विक वस्तु ल्याई सङ्ग्रह गरिएको थियो । कोठा सानो हुँदा कतिपय महत्वपूर्ण साम्रगी बाहिरै टिनको टहरोमा त्यसै फालिएको अवस्थामा छ ।

यसरी खुल्लमखुल्ला रुपमा पुरातात्विक साम्रगी राखिँदा असुरक्षित बनेका छन् । बाहिरै फालिएका साम्रगीमा अर्धाकारसहितको शिवलिङ्ग, जाँतो, पत्थरका ब्रह्मा, विष्णु, महेश्वरका मूर्ति, गोटिहवाको अशोक स्तम्भको फुटेको माथिल्लो भाग र पुराना पत्थर र इँटा रहेका छन् । यहाँ त्यसै बेवारिसे फालिएका सामग्रीबारेमा पटकपटक विभागमा जानकारी गराएपनि सुनुवाइ नभएको सङ्ग्रहालय प्रमुख गुप्ताले बताउनुभयो ।

यता यिनै साम्रगी राख्न बनाइएको बाहिरको पैड स्टल (शो केश) पनि बजेट अभावमा सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । पाँचवर्षअघि पैड स्टल निर्माण पूरा भएपनि सरसफाइका लागि बजेट नहुँदा त्यसै उपयोगबिहीन भएर बसेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)