Aamsanchar

डा. केसीको स्वास्थ्यमा समस्या

Author Image
बिहिवार, असार ३०, २०७३

काठमाण्डौं।

dr-300x166

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आठौं पटक आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।

 

डा केसीलाई हात खुट्टा बाँउडीने, मुटुको चालमा घटबड तथा श्वास प्रश्वासमा समस्या देखिन थालेको डा जीवन क्षेत्रीले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई कम बोल्न आग्रह गर्दै बिशेष निगरानी सुरु गरिएको उहाँका सहयोगी क्षेत्रीले बताउनुभयो ।

 

यद्यपी डा. केसीले लामो समयदेखि काम गर्दै आएको शिक्षण अस्पताल प्रसासनले भने उहाँको स्वस्थ्यमा कुनै चासो दिएको छैन । अनसन स्थलको बिकल्प खोज्न आग्रह गरेको अस्पताल प्रसासनले सहयोग गर्ने चिकित्सक, रेजिडेन्ट चिकित्सक तथा कर्मचारीलाई समेत कारवाही गर्ने चेतावनी दिदै आएको छ ।

 

यसैबीच फेरबदल हुन लागेको सरकारका कारण आफ्नो आन्दोनल प्रभावित नहुने केसीले बताउनुभएको छ । चिकित्सा सेवामा सुधार, अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने लगायत आफूले राखेका ४ वटा माग पुरा नभएसम्म अनसन नरोकिने कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)