Aamsanchar

झापामा ‘किड्स गट ट्यालेन्ट’ र डिभा डान्स कम्पिटिसन

Author Image
बिहिवार, असार ३०, २०७३

बिर्तामोड।

13603631_596145720546289_2337550434262630321_o

बालबालिका तथा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यर्ले ै ए हब फिल्मस् एण्ड इभेन्ट्स एकाडेमी काठमाडौंले ‘किड्स गट ट्यालेन्ट’ र डिभा डान्स कम्पिटिसन टेलिभिजन शो कार्यक्रमको प्रथम चरणको अडिसन अन्र्तगत झापाको बिर्तामोडमा अडिसन सम्पन्न गरेको छ ।

गत असार ११ गते शनिवारदेखि शुरु गरिएको प्रथम चरणको अडिसन अन्तर्गत झापाको बिर्तामोडमा बिहीबार अडिसन गरिएको हो । यसअघि उक्त अडिसन , पृथ्वीनगर, डाँगीवारी, बनियानीमा गरिएको र आगामी अडिसन सुरुङ्गा, बुधवारे, दमक, काँकरभिट्टा, भद्रपुर, धुलावारी, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका स्थानमा गरिने ए हब फिल्मस् एण्ड इभेन्ट्स एकाडेमी काठमाडौंका इभेन्ट डाइरेक्टर राजकिशोर क्षेत्रीले बताए ।
े े ए हब फिल्मस् एण्ड इभेन्ट्स एकाडेमीले यो कार्यक्रम पहिलोपटक गाउँकेन्द्रित गरेको इभेन्ट डाइरेक्टर क्षेत्रीले बताए ।यस प्रकारका कार्यक्रमहरु शहर केन्द्रित मात्र हुने र जसले गर्दा गाउँ–गाउँमा रहेका प्रतिभाहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाउने भएकाले यो कार्यक्रम पहिलोपटक गाउँ केन्द्रित गरेको इभेन्ट डाइरेक्टर क्षेत्रीले बताए । उनले भने– हामीले शहरको भन्दा धेरै प्रतिभायुक्त बालबालिका र किशोरीहरु गाउँमा पायौं ।

 

आफूभित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर नपाएका उनीहरुलाई यो कार्यक्रमले राहत दियो । गाउँमा बालबालिका तथा किशोरीहरुसँग प्राकृतिक कला रहेछ । कुनै प्रशिक्षक बिना पनि उनीहरुले राम्रो गर्न सक्दा रहेछन् । हामी त्यस्ता प्रतिभाहरुको उचित सम्मान गर्न चाहन्छौं ।
विगत १५ बर्षदेखि निरन्तर यस प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेको ए हब फिल्मस् एण्ड इभेन्ट्स एकाडेमीले नेपाल तथा मलेशिया, दुबई, हङकङ र सिंगापुरमा सात सय ५० भन्दा बढी यस प्रकारका कार्यक्रम गरिरहेको उनले बताए ।
नेपालका प्रमुख शहर तथा गाउँहरुमा यस प्रकारका अडिसन गरी प्रतिभाहरुको खोजी गरिने इभेन्ट डाइरेक्टर क्षेत्रीले बताए । किड गट ट्यालेन्टको अडिसनमा बालबालिकाले नृत्य, गीत, चित्रकला, अभिनय गर्नुपर्ने तथा डिभा डान्स कम्पिटिसनमा किशोरीहरुले एकल नृत्य प्रस्तुत गर्नुपर्ने बताइएको छ ।

पूर्वाञ्चलमा भएको प्रथम चरणको अडिसनबाट छनौट भएका प्रतियोगीहरुको दोस्रो चरणको अडिसन झापामै गरिने बताइएको छ । आगामी साउनमा गरिने दोस्रो चरणको अडिसन तीनदिनको विशेष कार्यक्रमकाबीच गरिने इभेन्ट डाइरेक्टर क्षेत्रीले बताए ।
उक्त अडिसनमा खाना महोत्सव तथा राष्ट्रियस्तरका कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम गरिने र सहभागीलाई प्रमाणपत्र लगायतका पुरस्कार समेत प्रदान गरिने क्षेत्रीले बताए । ती दुबै प्रतियोगिताको फाइनल भने काठमाडौंमा हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर