Aamsanchar

यसरी हरायो परेको चिठ्ठा

Author Image
बिहिवार, असार ३०, २०७३

chitthaa

भद्रपुर ।

भद्रपुर सीमा क्षेत्रमा बरामद गरिएको भारतीय चिठ्ठा जिल्ला प्रहरी कार्यालय झापामा बुझाएपनि अदालत नपुगदै चिठ्ठाको एक ठेली (सिरीज) गायव भएको घटना सार्वजनिक भएको छ ।
जसले गर्दा अहिले प्रहरी, सरकारी वकिल र अदालतका कर्मचारी बीच खैलाबैला मच्चिएको छ । गायव भएको भारतीय चिठ्ठामा भारतीय ६० हजार अर्थात् नेपाली ९६ हजार रुपैयाा परेको थियो । सोही चिठ्ठा मिलेमतोमा गायव भएको घटना अदालतको दसीबाट पुष्टि भएको छ ।
प्रहरी कार्यालयको मुद्दा फााटले तयार पारेको बरामद मुचुल्कामा १५ थान ठेली मध्ये ६० सिरिजको लटरीज नम्बर ब्डद्धटटठ हुनुपर्नेमा झापा जिल्ला अदालतको जिन्सी फााटमा ६० सिरिजकै अर्को कम्पनी उल्लेख गरिएको ब्ढद्दटद्धण् नम्बरको चिठ्ठा बुझाएको घटना अनुुसन्धानपछि बाहिर आएको हो । जिल्ला अदालत झापाका श्रेस्तेदार नवराज आचार्यले सरकारी वकिल कार्यालय पठाएको मिसिलको आधारमा दसी प्रमाण बुझेको बताए । १५ ठेली चिठ्ठा मात्र अदालतका कर्मचारीले गणना गरेर बुझेको तर कुनै पनि चिठ्ठा नम्बर नहेरेको कर्मचारीको भनाइलाई उद्धृत गर्दै उनले बताए । गायव भएको चिठ्ठाको बिषयमा अदालतका कर्मचारीको कुनै सम्लग्नता नदेखिएको दावी गर्दै उनले प्रहरी कार्यालय झापाको मुद्दा फााटबाटै चलखेल भएको हुन सक्ने बताए ।
घटना विवरण अनुसार झापाको भद्रपुर नाकाबाट गत असार ८ गते भारतको बंगाल राज्य अन्तरगत मुर्सिदावाद सालीकट्टा ग्राम पञ्चायतको स्थायी ठेगाना भई हाल भारतकै डाागीजोतमा अस्थाई रुपमा बसी नेपालमा कवाडी संकलन गर्न आउने ६५ वर्षीय तामालचन्द्र घोष र भारतको बिहार राज्य भादगाउा पञ्चायत घर हुने मो. सम्साद आलमलाई प्रहरीले १५ ठेली भारतीय चिठ्ठासहित पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई सोही दिन जिल्ला प्रहरी कार्यालयले अदालतबाट म्याद थप गरी चिठ्ठा ऐन, २०२५ अनुसार मुद्दा चलाएको थियो । उनीहरुको साथबाट प्रहरीले ब्डद्धटटछ देखि ढ सम्मको को ६० सिरिजको ५ बुंग र सामान्य खाले ब्टज्ञद्दछण् देखि छढ सम्मका १० बुंग
(सात सयप्रति पन्नाको भारतीय १० रुपैंया) पर्ने चिठ्ठा बरामद गरेको थियो । बरामद चिठ्ठामध्ये सोही दिन खेलाउने ब्डद्धटटठ नम्बरको चिठ्ठामा भारतीय ६० हजार परेपछि चिठ्ठा व्यापारीमा चलखेल सुरु भएको थियो । सो चिठठामा रकम परेपछि भद्रपुरका केही चिठ्ठा व्यापारीका समूहले प्रहरीलाई सो रकमको बारेमा जानकारी गराउादै रकम परेको चिठ्ठाको ठेली फिर्ता दिन भनी गोप्य चलखेल सुरु गरेको थियो । तर प्रहरीले फिर्ता दिन मानेनन् एक व्यापारीले भने । प्रहरीले सो चिठ्ठा फिर्ता दिन नमानेपनि अहिले सो ठेली गायव भएपछि मुद्धा फााटका प्रहरी, सरकारी वकिल कार्यालयदेखि अदालतका कर्मचारी समेत शंखाको घेरामा परेको देखिन्छ । सो नम्बरको चिठ्ठाको ठेली गायव भएपछि अहिले सबैमा चर्चाको बिषय बनेको छ । प्रहरीको अनुसन्धान, सरकारी वकिलको अभियोजन र अदालतको फैसला मध्ये कुन निकायबाट चिठ्ठाको ठेली गायव भएको बिषयको बारेमा तीनैवटा निकायले आ आफनो तर्क प्रस्तुत गरेका छन् । जिल्ला प्रहरी कार्यालयका मुद्दा फााटका इन्स्पेक्टर गणेशचन्द्र कोइरालाले चिठ्ठा परेको विषयमा आफूलाई जानकारी आएको स्वीकार्दै बरामद चिठ्ठा र मान्छेसहित सरकारी वकिल मार्फत अदालतमा असार २६ गते बुझाएको बताउाछन् ।
प्रहरीको अनुसन्धानको मुचुल्कामा १५ ठेली चिठ्ठाको फोटोसहितको मिसिल समावेश गरिएको हुादा मुद्दा फााटबाट गल्ति नभएको इन्स्पेक्टर कोइरालाले बताए । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले चिठ्ठाको चलखेलको बारे आफूलाई थाहा नभएको बताउादै यस घटनाको बारेमा अनुसन्धान गरिने बताए । उनले चिठ्ठा घटनाको बारेमा मुद्दा फााटका इन्स्पेक्टर कोइरालालाई सम्पूर्ण जिम्मा दिएको बताए ।
यता सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता टेकनाथ अधिकारीले चिठ्ठाको मिसिल (अभियोजन) प्रहरीको मुचुल्का अनुसार सरकारी वकिल कार्यालयले तयार पारेको बताए । तर बरामद चिठ्ठा र मान्छे प्रहरीले सिाधै अदालत लैजाने गरेको र त्यही कर्मचारी ठेली मात्र गणना गरेर चिठ्ठा बुझाएकोले गायव भएको चिठ्ठाको बारेमा सरकारी वकिल कार्यालयका कर्मचारीको कुनै संलग्नता नरहेको बताए । यता पक्राउ परेको दुवै जनालाई असार २७ गते मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ नम्बरको ५ र १० नम्बर बमोजिम जनही १५ हजार नगद धरौटी लिएर छाडिएको छ भने मुद्दा विचाराधीन अवस्थामा रहेको झापा जिल्ला अदालतले जनाएको छ । बरामद चिठ्ठालाई अदालतले जिन्सी नम्बर ९७६ मा दाखिला गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर