Aamsanchar

शिक्षा कार्यालय झापा पूर्वाञ्चल प्रथम

Author Image
बिहिवार, असार ३०, २०७३

sixya karyalagco dilli ram luitel

झापा।

शैक्षिकसत्र, २०७२ को कार्यसम्पादनको आधारमा जिल्ला शिक्षा कार्यालय झापा १६ जिल्लालाई पछि पार्दै पूर्वाञ्चल प्रथम भएको छ ।

शैक्षिक उपलब्धि र गतिविधिका आधारमा बुधबार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले झापा उत्कृष्ट भएको घोषणा गरेको हो ।

क्षेत्रीय शिक्षा निर्देशनालयले वर्षभरिका काम हेरी विभिन्न एक सय सूचाङ्कका आधारमा जिल्ला उत्कृष्ट घोषणा गर्ने प्रावधान रहेको छ ।

विद्यालयको अनुगमन, समयमै माथिल्लो निकायमा रिपोर्टिङ, शिक्षा समिति गठन, पारदर्शिता, बैठक, सञ्चालन, लगबुक रेकर्ड, जिम्मेवारी बाँडफाँड र बहन, बेरुजु फछ्र्याेटलगायतका सूचाङ्कका आधारमा मूल्याङकन गर्ने प्रावधान रहेको छ ।

तिनै सूचाङ्कका आधारमा झापालाई उत्कृष्ट घोषणा गरेको हो । योसँगै झापाले उत्कृष्टमा ह्याट्रिक गरेको छ ।

यसअघि २०७० र २०७१ को पुरस्कारसमेत हात पारेको थियो । उत्कृष्ट घोषणासँगै झापाले नगद रु २५ हजार र उत्कृष्टताको प्रमाणपत्र पाएको छ ।

प्रमाणपत्र र नगद पुरस्कार औपचारिक कार्यक्रम गरी दिइने जनाइएको छ ।

झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले झापा उत्कृष्ट हुनुमा सबैको मेहनत र परिश्रमले सम्भव भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर