Aamsanchar

तरकारी खेतीको लागि ७२ लाख

Author Image
शनिवार, साउन १, २०७३

tarkari

सप्तरी ।

तरकारी तथा फलफूलको उत्पादन र किसानको सीपको विकासका लागि जिल्ला कृषि विकास कार्यालयले आव २०७२÷०७३ मा रु ७२ लाख प्रदान गरेको छ ।

जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा वितरण गरिएको रकमको सदुपयोग, कृषिको उत्पादन, लघु तथा साना सिँचाइ व्यवस्थाको अनुगमनको क्रममा उक्त रकम वितरण भएको कार्यालय प्रमुख भगिरथ यादवले जानकारी दिनुभयो ।

वितरण गरिएको रकमअन्तर्गत तरकारी बाली युवा स्वरोजगार कार्यक्रमतर्फ रु ३६ लाख, साना सिँचाइतर्फ रु ३३ लाख तथा सहकारीतर्फ रु तीन लाख सम्बन्धित किसानलाई वितरण गरिएको बताइएको छ ।

उक्त रकम प्राप्त गरेका किसानले उच्च प्रविधिक युक्त हाइब्रिड तरकारी बाली उत्पादन गरेको, सिँचाइको व्यवस्था राम्रो गरेको र सामूहिक रुपमा तरकारी खेती सुरु गरेको र तरकारीको बजार व्यवस्था भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको अनुगमनको क्रममा पाइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति नगरपालिका, जिल्ला वन कार्यालय, रासस सगरमाथा अञ्चल कार्यालय र रेडक्रस कार्यालयका प्रमुख एवम् प्रतिनिधि तथा कृषि प्राविधिकतर्फका कर्मचारीको सहभागिता रहेको सो टोलीले आवश्यक जानकारी लिएको थियो ।

सो अनुगमन टोलीले हनुमानगर, कञ्चनरुप, धर्मपुर, कदमाहा, बरमझिया, फतेपुरलगायतका क्षेत्रमा किसानको खेतखेतमा पुगी स्थलगत अनुगमान गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर