Aamsanchar

आज कर्कट सङ्क्रान्ति

Author Image
शनिवार, साउन १, २०७३

काठमाडौँ।

Rashiphal-Nepali

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रूपमा मनाइन्छ ।
माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट सङ्क्रान्तिकै दिनदेखि सुरु हुन्छ ।  साउन १ गते भएकाले आजको दिनलाई साउने सङ्क्रान्ति पनि भनिन्छ ।
आजका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने)को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
“वर्षभरका सङ्क्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ गरी चारवटालाई महìवका साथ लिइन्छ, वैशाख र कात्तिक सङ्क्रान्तिमा दिनरात दुवै बराबर, साउने सङ्क्रान्तिका दिन लामो र माघे सङ्क्रान्तिका दिन छोटो हुने भएकाले यी चारको अन्यको तुलनामा बढी महìव भएको हो,” उहाँले भन्नुभयो ।  साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर