Aamsanchar

मोरङको तीन स्थानमा सवारी दुर्घटना, नौ घाइते

Author Image
आइतवार, साउन २, २०७३

घाइते सबैको स्थानिय अरनिको अस्पताल र प्राथामिक स्वास्थ्य केन्द्र मंगलबारेमा उपचार भईरहेको छ।

 

त्यसैगरी कोशीहरैचा-१२ स्थित सकलपुरमा पश्चिमतर्फ जादै गरेको को १२ प २२६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको ठेलालाई ठक्कर दिदा ठेला चालक स्थानीय चतुरमान चौधरी र पछाडी सवार उनकी श्रीमती कृष्णमायाँ चौधरी घाइते भएकी छिन्।

 

घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ।

 

त्यस्तै बुधनगर-१ स्थित फडानी चोकमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को २ प ६१५ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय महोमद शान मिया घाइते भएका छन्।घाइते मियाको कोशी अंञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकलकलाई इलाका प्रहरी कार्यालय बुधनगरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर