Aamsanchar

बोन म्यारो पीडितलाई १ लाख १५ हजार सहयोग

Author Image
आइतवार, साउन २, २०७३

khudunabari

खुदुनाबारी
बोन म्यारो क्यान्सरबाट ग्रसित भई भरतपुर क्यान्सर अस्पतालमा उपचार भैइरहेका खुदुनाबारी–७ निवासी नरेन्द्र चेम्जोङलाइ सहयोग जुटदै गएको छ । कतारको अल मिस्नाद अलखोर कम्पनीमा कार्यरत खुदुनावारी–७ निवासी डिक बहादुर थापा र डम्बर थापाको नेतृत्वमा १ लाख १५ हजार रुपैंया सहयोग रकम चेम्जोङ उपचार समितिमा प्राप्त भएपछि एक कार्यक्रमका बिच सावर्जनिक गरिएको छ ।
खुदुनावारी गा.वि.स. को सभाहलमा आयोजित कार्यक्रममा खुदुनावारी गा.वि.स. सचिव तुलसी भण्डारी सहित डिक र डम्बरका बुबा मानबहादुर थापाले चेम्जोङ उपचार कोष समितिका संयोजक नरबहादुर कन्दङवालाई रकम हस्थान्तरण गरेका थिए । चेम्जोङ अब दुइ महिनामा क्यान्सर मुतm हुने डाक्टरले बताउदै आएको उनका भाई घनश्याम चेम्जोङले बताए । रकम हस्थान्तरण कार्यक्रममा समाजसेवी रामकुमार महत,नेपाली काग्रेसका जीवन भण्डारी,राप्रपा नेपालका खुदुनाबारी अध्यक्ष इन्द्र बहादुर बुडाथोकी, संघीय जनमुतिmका झलक याम्फु राई,माओवादी केन्द्रका खुदुनाबारी अध्यक्ष पदम बराइली,नेकपा क्रान्तिकारी माओवादीका राजेन्द्र चापागाई,राप्रपाका खुदुनाबारी प्रतिनिधि मेदनी चापागाई लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर