Aamsanchar

खोला तर्ने क्रममा ज्यानै गयो

Author Image
सोमवार, साउन ३, २०७३

विराटनगर।

खोला तर्ने क्रममा मोरङमा एक वृद्धको मृत्यु भएको छ ।

वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेटाङस्थित छोरीको घरबाट फर्कने क्रममा आइतबार अपराह्न लेटाङ–भोगटेनी–६ मा रहेको चिसाङ खोला तर्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।

स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर