Aamsanchar

लाइसेन्स लिन अब महंगो पर्ने

Author Image
सोमवार, साउन ३, २०७३
झापा ।
यातायात व्यवस्था विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ लिने र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका उपसचिव तेज प्रसाद उप्रेतीले सोमबारदेखि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको बताए।
त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय रुपैयाँ बनाइएको छ।
कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँ बढाएर २ हजार रुपैयाँ लागू गरेको पनि उप्रेतीले बताए। त्यस्तै मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ लागू गरेको उप्रेतीले सेतोपाटीलाई जानकारी दिए।
त्यस्तै प्रतिलिपी लाईसेन्स दिँदा लाग्ने १ सय रुपैयाँ पनि बढाएर ५ सय रुपैयाँ बनाएको उप्रेतीले बताए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर