Aamsanchar

बुधबारे जेसीजले रोप्यो ८०० तेजपत्ताको विरुवा

Author Image
सोमवार, साउन ३, २०७३

jci budhabare
बुधबारे ।
बुधबारे जेसीजले झापाको बुधबारे १ मा वृक्षारोपन कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
बुधबारे १ को देउराली चोकबाट भोटेटार सम्म करिव ८ सय तेजपत्ताको विरुवा रोपिएको बुधबारे जेसीजका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् । बुधबारे जेसीजका महासचिव प्रकाश भण्डारीको संयोजकत्वमा कार्यक्रम गरिएको थियो ।
सडकको दुवै किनारमा रोपिएको तेजपत्ताले भविश्यमा आम्दानी पनि दिने र वातावरण संरक्षणमा टेवा पुग्ने हेतुले वृक्षारोपन गरिएको बुधबारे जेसीजका अध्यक्ष सेमन्त पोखरेलले जनाएका छन् ।
वृक्षारोपन कार्यक्रममा बुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश सिवाकोटी, कार्यकारी उपाध्यक्ष रमेश वराल, उपाध्यक्ष अनिल वाग्ले, नन्दु राई , तिनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भिमकुमार नेवार, उपाध्यक्ष तारा घिमिरे, इमेज ७३ क्लवका पदाधिकारी सहित स्थानियको उपस्थिति रहेको थियो । सडकको किनारमा रोपिएका विरुवा संरक्षण गर्न स्थानियलाई नै अनुरोध गरिएको अध्यक्ष पोखरेलले जनाएका छन् ।

सडक मिचेर नै घाँस, सुपारी, व्यापारिक प्रयोजनका लागि छाप्रा र ढुंगा राखिएकाले वृक्षारोपनमा समस्या भएको थियो भने विरुवा हुर्कने चुनौती पनि देखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर