Aamsanchar

बाँदरदेखि हैरान किसान

Author Image
मङ्गलवार, साउन ४, २०७३

भोजपुर–

bandar-monkey

पूर्वी पहाडी जिल्ला भोजपुरको भुल्के गाविस–२ मन्सरामका कृषक बाँदरदेखि हैरान भएका छन् ।

 

कृषकले लगाएको मकै बाली बाँदरले बारीमै आएर खाइदिन थालेपछि कृषक हैरान बनेका हुन् । यहाँका स्थानीय दिउँसो बाँदर रुँग्न हरेक घरबाट एकजना मकैबारीमै बस्ने गरेका छन् ।

 

दिउँसो कृषकलाई बाँदरले हैरान बनाएको बेला राति भने दुम्सीले मकै खाइदिने गरेको कृषकको गुनासो छ । हरेक वर्ष बाँदरले दुःख दिने गरेको भएपनि कुनै निकायबाट समाधानको पहल नभएको भुल्के–२ का मनशोभा थापाले गुनासो गरे ।

 

बाँदरले जिल्लाका धेरै गाविसका कृषकलाई हरेक वर्ष दुःख दिने गरेको छ । बाँदरले अन्नबाली खाइदिने भएका कारण कतिपय गाउँका बासिन्दा बसाइँ सर्न समेत बाध्य बनेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर