Aamsanchar

महिला पत्रकारलाई मनोवैज्ञानिक प्रशिक्षण

Author Image
मङ्गलवार, साउन ४, २०७३

काठमाडौँ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को ‘सन्डे क्लब’ अन्तर्गत आज विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला पत्रकारलाई ‘मेमोरी एन्ड माइन्ड म्यानेजमेन्ट’ प्रशिक्षण दिइएको छ ।

विश्वका विभिन्न मुलुकका विशिष्ट व्यक्तिलाई प्रशिक्षण दिइसक्नुभएका डा नवल पजियारले उक्त प्रशिक्षण दिँदै दैनिक आफ्नो कार्यक्षेत्र तथा समाचार सङ्कलनका बेला समेत प्रशिक्षण फलदायी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – “दिमागलाई शान्त राख्न सके मात्र हामीले बाहिरको कुरालाई सम्झन सक्छौँ, त्यसैले पहिला दिमागलाई शान्त राख्नेबारे बुझ्नु जरुरी छ ।” डा पजियारले पेसागत क्षेत्रमा मात्र नभई पारिवारिक जीवनलाई सुखी बनाउन समेत उक्त प्रशिक्षण काम लाग्ने बताउनुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाविन्दु तुलाधरले स्मरण क्षमताको पहिचान र प्रयोग सञ्चारकर्मीका लागि अत्यन्त आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर