Aamsanchar

मेलिनाको उपचारको निम्ति जुटे खुदुनाबारीबासी

Author Image
मङ्गलवार, साउन ४, २०७३

झापा खुदुनावारी 

yyyyyyyyyyyy४ निवासी मेलिना सिलवालको शरीरको दुईवटै मृृगौला काम नगरेपछि सहयोगको निम्ति सिलवाल परिवारजन एवम खुदुनावारीका वृद्धिजीवि,समाजसेवी लगायतले आग्रह गरेका छन् । १६ वर्षीया मेलिनाका मृगौला नयाँ प्रत्यारोपण गर्न टेवा पु¥याउने उदेश्यले टिकाराम उप्रेतीको अध्यक्षतामा २३ सदस्यीय मेलिना उपचार सहयोग समिति गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा महेन्द्र आङदम्बे,सचिवमा गोपाल न्यौपाने,कोषाध्यक्षमा कृष्ण कुमारी ढुङेल,सदस्यहरुमा गोविन्द्र घिमिरे,टिका पाठक,रोम घिमिरे,दिनेश सिलवाल,राजन मैनाली,दिपक सिलवाल,कुलचन्द्र पौडेल,होम दुलाल,कैलाश श्रेण्ठ,सिता भट्टराई,वसन्त भट्टराई,चेतमणि निरौला,राजेन्द्र बुढाथोकी,अर्जुन कुमार समाल मगर,तुलसी ढकाल,भवानी अधिकारी,राधाकृष्ण खनाल,युवनाथ पौडेल,अलि आलम रहेका छन् ।
मेलिनाको उपचारको निम्ति परिवाजनले ५ कठ्ठा जमिन समेत बेच्यौ । तैपनि उनको स्वास्थ्यमा सुधार आएन । राम्रो सँग अध्ययन गरेर सामाजिक अभियान्ता बन्ने सोच रहेछ मेलिनाको । तर करिब डेढ वर्ष देखि कनकाई अस्पताल बिर्तामोड,विराटनगरको नोबेल अस्पताल,काठमाण्डौमा रहेको सुमेरु अस्पताल,वि.पी.मेमोरियल अस्पताल धरानमा उपचारको निम्ति धाउदाधाउदै बित्र्यो । कक्षा १० मा न्युहोप अंग्रेजी उच्च मा.वि.अध्ययनरत थिइन मेलिना । पढने उमेरमा अस्पतालको बेडमा रहनु पर्ने बाध्यता रहयो उनको । उनको उपचारको निम्ति ९ लाख ५० हजार रुपैंया खर्चिसकेको मेलिनाकी आमा टिका सिलवालले बताइन । निम्नस्तर परिवार रहेको मेलिनाको परिवारमा बुबा मोहन प्रसाद सिलवाल,आमा टिका सिलवाल रहेका छन् । नयाँ मृगौला प्रत्यारोपण गर्ने १५ लाख रुपैंया खर्च गर्नुपर्ने डाक्टरले बताउदै आएको मेलिनाकी आमा टिका सिलवालले बताइन । मेलिनालाई सहयोग गर्नुहुने इच्छुक महानुभावहरुले मेलिना उपचार सहयोग समितिको हिमालय बैकमा रहेका खाता नम्बर ०४५०६२८८९७००१२ मा सहयोग गर्ने सक्ने सहजकर्ता खगेन्द्र लिङदेनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर