Aamsanchar

प्रहरीद्धारा विभिन्न मुद्दामा सात पक्राउ

Author Image
बुधवार, साउन ५, २०७३

भोजपुर।

गेस्ट

जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न मुद्दामा सात जनालाई पक्राउ गरेको छ । कार्यालयले अवैध रुपमा डेन्टल सञ्चालन गरेको भन्दै सप्तरी पोर्ताहा गाविस–३ का २३ वर्षीय सन्तोषकुमार रोहिता र २१ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरेको छ । रोहिता यसअघि पनि अवैध डेन्टल सञ्चालन गरेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका थिए ।

 

उनीहरुले भोजपुरको रानीबास गाविस वडा नं ८ स्थित घोरेटारबजारमा विगतदेखि नै अवैध रुपमा सिद्धिविनायक डेन्टल सञ्चालन गरी सर्वसाधारण मानिसलाई ठगी गर्ने गरेको आरोप लागेको छ । उनीहरुलाई साउन १ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धानको काम थालिएको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी, जबर्जस्ती करणी गर्ने भोजपुर नगरपालिका–१ का हर्कपाल विश्वकर्मा पनि पक्राउ परेका छन् । उनले असार ३० गते भोजपुर नगरपालिकाकै एक महिलालाई आफ्नै घरमा जबर्जस्ती करणी गरेका थिए । उनलाई पनि साउन १ गते पक्राउ गरी अनुसन्धानको काम थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

 

प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तीनजनालाई पनि सदरमुकामबाट पक्राउ गरेको छ । असार ३० गते मादक पदार्थ सेवन गरी हातमा खुकुरी बोकेर सर्वसाधारणलाई आतङ्कित गराएको आरोपमा भोजपुर नगरपालिका–५ का २२ वर्षीय नुरी शेर्पा र लेखर्क गाविस–५ का २१ वर्षीय निलकुमार तामाङ पक्राउ परेका हुन् ।

 

त्यसैगरी, सार्वजनिकस्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा भोजपुर नगरपालिका–२ का ३३ वर्षीय प्रकाश राई पनि पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी रातको समयमा होहल्ला गरी हिँडेको र प्रहरी टोलीले फेला पारी सम्झाई बुझाई गर्दा उल्टै प्रहरी टोलीमाथि गालीगलौज गरेको साथै स्वास्थ्य परीक्षण गर्ने क्रममा जिल्ला अस्पताल भोजपुरका कर्मचारीहरुलाई समेत दुव्र्यवहार गरेको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।

 

त्यस्तै, जबर्जस्ती करणी गरेको आरोपमा आम्तेक–८ का रोशन भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भण्डारी जेठ २ गते पक्राउ परेका थिए । उनले १० वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर