Aamsanchar

फुटसल र फुटबलमा यसतो छ फरक

Author Image
बिहिवार, साउन ६, २०७३

footsall

बिर्तामोड (एजेन्सीहरु)।
फुटबल र फुटसल सुन्दा उस्तै जस्तो लाग्छ । फुटबल अधिकांशले जानेको, बुझेको खेल भएर होला यसबारे धेरैलाई भन्नु पर्दैन । विश्वकै सबैभन्दा चर्चित खेल, विश्वकपदेखि, युरोकप, कोपा अमेरिका, एसिया कप, अफ्रिकन कप अफ नेसन्स, युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग लगायत फुटबलका चर्चित टुर्नामेन्ट हरु हुन् । फुटबल आउटडोर गेम हो ।
फुटसल पनि फुटबलकै सानो रुप हो । फुटसलमा पनि फुटबलमा जस्तै बल खेलिन्छ । फुटसलको पनि विश्वकप हुन्छ भन्ने कमैलाई थाहा होला । सन् १९८९ बाट फुटसलको विश्वकप शुरु भयो । अहिलेसम्म ७ संस्करण भइसकेको छ । हरेक चार–चार वर्षको अन्तरमा हुने विश्वकप फुटसलको आठौं संस्करण सेप्टेम्बर १० देखि कोलम्वियामा हुदैछ ।
फुटबलको विश्वकप शुरु भएकै सालदेखि फुटसलको विकास भएको हो । सन् १९३० मा उरुग्वेबाट फुटबलको विश्वकप शुरु भयो । त्यसैबेला ब्राजिल र उरुग्वेबाट नै फुटसलको शुरुवात भएको हो । फुटसललाई फाइभ ए साइड सकर गेम पनि भनिन्छ ।
सन् १९३० मा जुवान कार्लोस सेरियानीले वाइएमसिएएस इन्डोर फुटबलको विकास गरेका थिए ।
पछिल्लो समय नेपालमा पनि फुटसल गतिविधि फस्टाउन थालेको छ । नेपालमा फुटसलको शुरुवात भएको आधा दशक मात्र भए पनि अहिले विभिन्न खालका टुर्नामेन्टहरु हुन थालेका छन् । १० लाख पुरस्कार राशी रहेको फुटसल प्रिमियर लिग सञ्चालन हुादैछ । यसले पनि नेपालमा फुटसलको कति विकास भइरहेको छ प्रस्ट पार्छ ।
उस्तै–उस्तै सुनिए पनि फुटबल र फुटसल केही फरक छ । के के फरक छ त फुटबल र फुटसलमा ?
खेलाडी संख्या
फुटबल खेल ११/११ जनाको बीचमा खेलिन्छ । फुटसल ५/५ जनाको बीचमा खेलिन्छ । फुटबलमा जस्तै फुटसलमा पनि अनिवार्य रुपमा एक गोलरक्षक बस्नुपर्ने व्यवस्था छ ।
सब्सिच्युट
फुटबल खेलको मुख्य प्रतियोगितामा ३ खेलाडी सब्सिच्युटको रुपमा फेर्न पाउने प्रावधान छ । एकपटक मैदानबाट निस्केपछि पुन: त्यही खेलाडी मैदान भित्र प्रवेश गर्न पाउने छैन । तर फुटसलमा सब्सिच्युटको कुनै सीमा तोकिएको हुादैन ।
खेल्ने स्थान
फुटबल ग्राउण्ड वा मैदानमा खेलिन्छ । यो आउट डोर गेम हो । तर फुटबल हार्ड कोर्टमा खेलिन्छ । फुटसल इन्डोर गेम हो । यस्तै फुटबल र फुटबल खेलिने मैदानको आकार पनि फरक हुन्छ ।
फिफाको ल अफ गेम अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा फुटबल मैदानको आकार बढीमा ११०–७५ र घटीमा १०० –६४ हुन्छ । फुटसलको बढीमा ४२–२५ र घटीमा ३८–२० हुन्छ ।
खेल समय
फुटबल खेलको निर्धारित समय ९० मिनेटको हुन्छ । फुटबलमा ४५/४५ मिनेटको दुई हाफ हुन्छ । फुटसल खेल ४० मिनेटको हुन्छ । यसमा २०/२० मिनेटको दुई हाफमा खेलाइन्छ ।
विश्वकप
सन् १९३० मा उरुग्वेबाट शुरु भएको फुटबलको २० औं संस्करण सकिसकेको छ । अब सन् २०१८ मा रसियामा २१ औं संस्करण हुादैछ । ब्राजिलले अहिलेसम्म सर्वाधिक ५ पटक विश्वकप फुटबल उपाधि जितेको छ । इटली र जर्मनीले समान ४ पटक उपाधि जितेका छन् भने उरुग्वे र अर्जेन्टिनाले समान २ पटक प्रतियोगिता जितेका छन् । यस्तै इंगल्याण्ड, फ्रान्स र स्पेनले एक–एक पटक विश्वकप जितेका छन् ।
फुटसलको भने अहिलेसम्म ७ वटा मात्र विश्वकप भएको छ । सन् ३० को दशकमा फुटसलको विकास भए तापनि १९८९ मा आएर मात्र फुटसलको पहिलो विश्कप आयोजना भयो । दुई राष्ट्रले मात्र फुटसलको विश्वकप जितेका छन् । फुटबल जस्तै फुटसल पनि ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ भने स्पेनले दुई पटक जितेको छ ।
यी मुख्य भिन्नता रहेपनि फुटबल र फुटसलमा यसबाहेक अरु फरक पनि छन् । फुटसलमा खेलाइने बल फुटबलको भन्दा केही सानो आकारको हुन्छ । फुटबलमा खेलाइने बलको आकार बढीमा ७० सेमी र घटीमा ६८ सेमी हुन्छ । तर फुटसलमा खेलाइने बलको आकार बढीमा ६४ र घटीमा ६२ सेमी हुन्छ ।
मैदानको आकार फरक हुने कारणले पेनाल्टी र फ्रिकिक प्रहार गर्ने दुरी पनि फुटबल र फुटसलमा फरक फरक हुन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर