Aamsanchar

पहिरोका कारण गाउँ उच्च जोखिममा

Author Image
शनिवार, साउन ८, २०७३

सोलुखुम्बु ।
0822052001434035128

सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । पहिरो खस्ने क्रम नरोकिए पछि गाउँमा रहेको १४ परिवारले गाउँ छाडेका छन् । गएको ३१ गतेदेखि गाउँ माथिको भिरबाट ठूलो पहिरो खसे पछि त्रसित बनेका गाउँका बासिन्दा आफन्त र छिमेकी गाउँको शरणमा पुगेका छन् ।

गाउँदेखि झन्डै एक किलोमिटर उचाइमा रहेको लुङकास्कुडाँडामा रहेको भीमकाय ढुङ्गा धस्सिएर ठाउँ छाडेपछि उक्त ढुङ्गा गाउँमा खस्ने डरमा गाउँलेले बस्ती छाडेका हुन् । भीमकाय ढुङ्गा खसेमा गाउँका पूरै घर क्षति पु¥याउने डरले सर्वसाधारणले ज्यान जोगाउन गाउँ छाडेको स्थानीय बदरकुमार राईले जानकारी दिनुभयो । चौध परिवारमा रहेका करिब ७० जना मानिसले पाँच दिनदेखि गाउँमा रात बसेका छैनन् । उनीहरु टिमेकी गाउँ ओखममा बस्ने गरेका छन् ।

गाईबस्तु ३१ गते नै गोठला भन्ने खाली जग्गामा सामूहिक रुपमा बाँधिएको छ । चौध घरमध्ये पनि छ घर उच्च जोखिममा रहेको गाविस सचिव चन्द्रप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

पहिरोबाट गाउँ नै जोखिममा रहेको खबरपछि प्रतिपरिवार दुई थानका दरले त्रिपाल पठाइएको दैवीप्रकोप उद्धार समिति सोलुखुम्बुका संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालय सोताङमा रहेको त्रिपाल त्यसतर्फ पठाइएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर