Aamsanchar

अविश्वासको प्रस्तावमाथि आजबाट छलफल थालिने

Author Image
शनिवार, साउन ८, २०७३

काठमाडौं।

images

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार साँझ पेस गरिएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल थालिने छ । छलफलका लागि तीन दिन तोकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

अविश्वास प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले संविधान, शान्ति प्रक्रिया लगायतका विषयमा नेकपा एमाले र प्रधानमन्त्री ओलीसंग गम्भीर मतभेद रहेको महशूस भएर सरकारबाट फिर्ता हुनु परेको तर्क गरे ।

प्रधानमन्त्री ओलीले सरकार बनाउँदाका बाचा विर्सेको र माओवादीलाई प्रयोग गर्दै जाने नियत देखिएको आरोप समेत प्रचण्डले लगाए प्रचण्डले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी लगायतका परिवर्तनबाट पनि विमुख हुन थालेको आरोप पनि लगाए ।

त्यसपछि वैठकमा बोल्दै कांग्रेस नेता विमलेन्द्र निधिले सवै पक्ष मिलेर जाने वातावरण मिलाउन अविश्वास प्रस्ताव आएको तर्क गरे ।त्यसैगरी संसद वैठकमा वोल्दै एमाले संसदीय दलका नेता सुबास नेम्वाङले त्यत्रो नाकाबन्दीको समस्याबाट मुलुकलाई मुक्त गरेको प्रधानमन्त्रीलाई कुन नैतिकताले अविश्वास प्रस्ताव ल्याइएको हो बुझ्न नसकेको बताए ।

त्यसअघि बजेटमा आश्रित तीन वटा विधेयक वैठकमा प्रस्तुत गरिएकोमा तीन वटै विधेयक बहुमतबाट अस्वीकृत गरिएको थियो । यसरी अस्वीकृत गरिएका विधेयकहरुमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र कर तथा राजश्व विधेयक रहेका छन् ।

आर्थिक बर्ष २०७३–०७४ लागि गत जेठ १५ गते ल्याइएको बजेट सम्बन्धि विनियोजन विधेयक गत असार २५ गते नै पारित भईसकेको छ । माओवादीले आफैं सम्मिलित सरकारले ल्याएको बजेटमा आश्रित विधेयकहरु असफल बनाएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर