Aamsanchar

सुनसरीमा अविरल वर्षा– थुप्रै घर डुबानमा

Author Image
सोमवार, साउन १०, २०७३

इटहरी।

images (1)

रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबान गरेको छन् ।

सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ ।

वर्षाकै कारण अमडुवा–७ २२ घर ५ मा २७ घर र ४ मा १४ घर डुबानमा परेका छन् । स्थानीय धमुना खोलामा आएको बाढीका कारण डुबान भएको हो । यसैगरी टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला–४ मा ३४ घर र ५ मा २२ घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कमा उल्लेख भएअनुसार पश्चिम कुशाहा–९ मा पानीको निकास नहुँदा नौ घर जलमग्न बन्न पुगेको छ । यता बूढीखोलामा आएको बाढीले अमाहीबेलाहा–८ मा पनि केही डुबानमा परेको छ ।

घर गोठ डुबानमा परेपछि मानिस भने अग्लो स्थानतिर सरेका र चौपायालाई खुला छाडिदिएको बताइएको छ । घर डुबानमा परेपछि खाद्यान्न र लत्ताकपडासमेत भिजेकाले समस्या परेको छ ।

प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार आज बिहान ६ बजे सप्तकोसी नदीमा दुई लाख २२ हजार ९०५ क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुल्ला गरिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर