Aamsanchar

पचास प्रतिशत घरमा सुधारिएको चुलो जडान

Author Image
सोमवार, साउन १०, २०७३

बाबियाचौर।

download (2)

म्याग्दी जिल्लाका ५० प्रतिशत घरधुरीमा सुधारिएको चुलो जडान भएको छ ।

म्याग्दीमा बसोबास गर्ने २७ हजार ७६२ घरपरिवारमध्ये ४९.७३ प्रतिशत परिवारमा सुधारिएको चुलोको पहुँच पुगेको जिविसअन्तर्गतको ऊर्जा वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ ।

जिल्लाभर १३ हजार ८०८ परिवारले सुधारिएको चुलो निर्माण गरी प्रयोग गरेको शाखाका प्रमुख इन्जिनियर कृष्ण रिजालले जानकारी दिनुभयो । दश हजार ९०३ घरमा माटोको र दुई हजार ४८४ घरमा फलामे चुलो जडान भएको छ ।

जिल्लाभर १७५ वटा बायोग्यास प्लान्ट रहेका छन् । सन् २०१७ सम्म सबै परिवारको पहुँचमा सुधारिएको चुलोको सुविधा पु¥याउने उद्देश्य राखिएको म्याग्दीमा थप १३ हजार ९५४ घरमा चुलो निर्माण गर्न बाँकी छ ।

पैतीस गाविस र एक नगरपालिका रहेको म्याग्दीको हालसम्म झिँ, अर्मन, दग्नाम, हिस्तान र बेग गाविसको सतप्रतिशत घरमा सुधारिएको चुलो निर्माण भएको छ । वन तथा वातावरण संरक्षण र मानव स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सुधारिएको चुलोको प्रयोगलाई प्रवद्र्धन गरिएको हो ।

सुधारिएको चुलो प्रयोग गर्न थालेपछि पहिलेको तुलनामा दाउराको खपत आधाले घटेको दोवा–९ की बिना गर्बुजाले बताउनुभयो । घुवाँ कम हुने भएकाले आँखाको समस्या कम हुने जनाइएको छ । यसैगरी छिटो खाना पकाउन सकिने भएकाले समय र दाउराको बचत भएको छ ।
कार्यक्रममार्फत सुधारिएको चुलोको फाइदा तथा विशेषताको प्रचारप्रसार र प्राविधिक सहयोग गरी घरघरमा सुधारिएको चुलो निर्माण गर्ने स्थानीयवासीलाई उत्प्रेरित गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो । फलामे चुलो जडान गर्नेलाई अनुदानको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर