उर्लाबारी ।
अविरल वर्षाका कारण स्थानीय तेली खोलामा आएको बाढीले मोरङको जाँतेमा खानेपानीको पाइप बगाएको छ । बाढीले २०३९ सालदेखि सञ्चालनमा आएको खानेपानी योजनाको पाइप नै बगाएपछि जाँतेका एक हजार २०० घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएका छन् ।
गत साउन १० गतेको बाढी र पहिरोले खानेपानीको पाइप बगाएपछि जाँतेका वडा नं १, २, ८ र ९ का एक हजार २०० घरपरिवार खानेपानीको सेवाबाट वञ्चित भएको जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
तेली खोलाको मुहानबाट स्थानीयवासीलाई वितरण गर्न ल्याइएको खानेपानीको पाइप नै बगाएपछि जाँतेमा खानेपानीको हाहाकार भएको छ । खोलाको मुहानबाट चारवटा पाइपमार्फत स्थानीयवासीलाई खानेपानी वितरण गरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 155