Aamsanchar

तीन महिना मै सडक भत्कियो

Author Image
शुक्रवार, साउन १४, २०७३

मोरङ।

ss

विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण सडक भत्किएको विराटनगरको संयुक्त टोल समन्वय समितिका संयोजक राजेश मास्केले बताउनु भयो ।

एडिबीको रु दुई अर्ब ४२ करोड अनुदानमा विराटनगरमा एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत कालिका कन्ट्रक्सनले उक्त सडक निर्माण गरेको थियो । सडक भत्किदै गएपछि स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।

विराटनगर उपमहानगरपालिकाले राम्रोसँग सुपरिवेक्षण नगरेको भन्दै स्थानीयबासिन्दाले आलोचना गरेका छन् । उपमहानगरपालिका क्षेत्रको ढल र पानी निकासका लागि सुरु गरिएको उक्त परियोजनाअन्तर्गत पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको तीन किलोमिटर सडक, नगरक्षेत्रका मुख्य सडक क्षेत्रमा नाला तथा ढल निर्माण, जतुवा र रानीमा ढलको पानी प्रशोधन गर्ने केन्द्र निर्माणलगायत कामहरु भइरहेका छन् । नगरका विभिन्न भागमा राखिएका ह्युम पाइप भासिएका छन् भने कतिपय स्थानमा सडक भत्कन थालेका छन ।

एडिबीको ऋण सहयोगमा नेपाल सरकार र विराटनगर उपमहानगरपालिकाको आन्तरिक स्रोतसमेत गरी परियोजनाअन्तर्गत ६५ किमी सडक सुधार, ६२ किमीमा ढल निर्माण र ३२ किमी नाला निर्माण गरिँदैछ ।

सहरी विकास महाशाखा प्रमुख भरत न्यौपानेले केही प्राविधिक त्रुटि भएकाकारण सडक भत्किन पुगेको बताउनुभयो । तीन महिना अघिमात्र २५ एमएमको कालोपत्र गरिएको पुष्पलालचोक–भट्टाचोक झन्डै चार किमी सडकका दर्जनौँ स्थानमा प्वाल परेको, भासिएको पाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर