Aamsanchar

एक्सपर्टमा विद्यार्थीको आकर्षण बढ्दै

Author Image
शुक्रवार, साउन १४, २०७३

बिर्तामोड।

expert
झापाको बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले आठ महिनामा २० जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया पठाएको छ ।
विगत १२ बर्षदेखि उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलियामा विद्यार्थी पठाउँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको शाखा झापाको बिर्तामोडले स्थापनाको आठ महिनामा २० जना विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न अष्टे«लिया पठाएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस नेपालका डाइरेक्टर खेमराज संग्रौलाले बताए ।
गत असोज २६ गते बिर्तामोडमा शाखा स्थापना गरिएको एक्सपर्टले जुलाई इनटेकमा मात्र झापा, इलाम र विराटनगरका गरी २० जना विद्यार्थीहरु अध्ययन गर्न अष्टे«लिया पठाएको बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाले बताए ।  खतिवडाका अनुसार अष्टे«लिया अध्ययन गर्न जाने विद्यार्थीहरुमा झापा दमकका करण भुजेल, चन्द्रगढीका दिपेन्द्र रिजाल, इलामका निरज निरौला, बिर्तामोडका कृष्ण न्यौपाने, लखनपुरका दिनेश खड्का, बिर्तामोडका उज्वल उप्रेती, चन्द्रगढीका सन्देश श्रेष्ठ, चन्द्रगढीकी परिजना महर्जन, चारपानेका सुवास खरेल, चारपानेकी निसा शर्मा, दमकका प्रतिक प्रसाई, दुर्गापुरका अनुपराज भट्टराई, लक्ष्मीपुरका दिपेश राजवंशी, शनिअर्जुनकी प्रगति सापकोटा, विराटनगरका मन्दिप पराजुली, विराटनगरकी सुस्मिता तामाङ, चन्द्रगढीकी अनुष्का पोखरेल, इलामका रविन सापकोटा, लक्ष्मीपुरकी रक्षा लुइटेल र सुरुङ्गाका दिपेश विमली रहेका छन् । उनीहरुलाई एक कार्यक्रमकाबीच बिर्तामोडमा बिदाई गरिएको थियो ।
अष्ट्रेलियाका पाँच वटा र नेपालका पाँच शहरहरूमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको शाखामार्फत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी पठाउँदै आएको बताउँदै एक्सपर्ट नेपालका डाइरेक्टर खेम संग्रौलाले विद्यार्थीका लागि आईईएलटीएसको परीक्षा तयारी कक्षा, स्टुडेन्ट भिषा प्रोसेसिङ, स्टुडेन्ट डिपेण्डेन्ट भिषा प्रोसेसिङ, भिजिटर भिषा प्रोसेसिङ पनि एक्सपर्टबाटै गरिने बताए ।
अष्टे«लियन सरकारले हालै नयाँ कानुन लागु गरेसँगै अष्टे«लियन सरकारले नेपाललाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गरेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस नेपालका डाइरेक्टर संग्रौलाले बताए । पछिल्लो समय नेपालबाट अध्ययन गर्न अष्टे«लिया जाने विद्यार्थीहरु परिश्रमी, मेहेनती र अध्ययनशील पाइएकोले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको उनले बताए । त्यस्तै एसएसभिएफ (सिम्ल्पिफाई स्टुडेन्ट भिषा फ्रेमवर्क)कानुन लागू गरेसँगै नेपालबाट जाने विद्यार्थीहरुले बैंकिङ कारोबार गर्दा पहिला एसबीआई र नबिल बैंकबाट मात्र गरेपनि अब अष्टे«लियाका कुनै–कुनै युनिभर्सिटीहरुले एभरेष्ट बंैक इनभेष्टमेन बैंक र लुम्बिनी बैंकलाई समेत मान्यता दिएको उनले बताए । त्यस्तै बैंक ब्यालेन्सका लागि एकाध घरका परिवारहरुले समेत राख्न मिल्ने संग्रौलाले बताए ।
सन् २०१२मा अष्ट्रेलियन सरकारले अध्ययनपछि काम गर्न पाउने अधिकार पीएसडब्लू (पोस्ट स्टडी बर्क राइट) लागू गरेपछि त्यहाँ अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्यामा समेत वृद्धि भएको उनले बताए ।  त्यहाँ नर्सिङ, हेल्थ साइन्स, इन्फरमेशन टेक्नोलोजी, एकाउन्टिङ, इञ्जिनियरिङ, विजनेस, एजुकेशन लगायतका विषयमा तीन बर्षको डिप्लोमा कोर्ष गर्नेलाई दुई बर्ष, दुई बर्षको मास्टर्स गर्नेलाई दुई बर्ष, दुई बर्षका मास्टर्स वाई रिसर्च गर्नेलाई तीन बर्ष र तीन बर्षको पीएचडी गर्ने विद्यार्थीले चार बर्षको रोजगारको अवसर पाउने बताइएको छ ।
अध्ययनपछि तुरुन्तै रोजगार पाइने भएपछि अध्ययन गर्दा लाग्ने खर्च समेत विद्यार्थीले उठाउने भएकाले अभिभावकलाई आर्थिक भार पनि नहुने बताइएको छ । बिर्तामोडस्थित शाखामा उच्च शिक्षा अध्ययन गर्न अष्टे«लिया जाने विद्यार्थीहरुलाई परामर्श र भिषा प्रोसेसिङका कार्य गरिदै आएको बताउँदै संग्रौलाले विद्यार्थीहरुलाई काठमाडौंसम्म जाने झन्झटबाट मुक्ति मिलेको बताए । आफूहरुले राम्रो र योग्यता पुगेको विद्यार्थी मात्र अष्टे«लिया पठाएको बताउँदै संग्रौलाले गलत संघ–संस्थाको भ्रममा नपर्न समेत विद्यार्थीहरुलाई आग्रह गरे । उनले चाडै इटहरीमा समेत एक्सपर्टको शाखा खोल्ने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर