Aamsanchar

लागुऔषध प्रयोगकर्ताले विद्यालयको ताला फोडे

Author Image
शुक्रवार, साउन १४, २०७३

झापा ।

nagarik21
झापामालाई लागु औषध मुक्त जिल्ला बनाउने उद्धेश्यले केही समय अघि विर्तामोडमा निकै तामझमका साथ कार्यक्रम गरिएपनि झापामा लागुऔषध प्रयोग कर्ता बढ्दै गएका छन् ।
लागुऔषध प्रयोग कर्ताको समूहले विर्तामोड नगरपालिका–७ स्थित अनारमनी प्राविमा बिहिबार राती विद्यालयको ढोका फोडेर विद्यालय भित्र बसेर लागुऔषध सेवन गरिरहेको अवस्थामा १५–२० जनाको समूहमा रहेका प्रयोग कर्तालाई इलाका प्रहरी कार्यालय विर्तामोडको टोलीले लखेटेको छ ।
विद्यालयको कक्षा १,२ र ३ कक्षाको ढोका फोडेर उनीहरु विद्यालयमा पसेर लागुऔषध सेवन गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । विगत लामो समयदेखि लागुऔषध प्रयोग कर्ता सो स्थानमा गरेर लागु पर्दाथ सेवन गर्ने गरेको बताइएको छ । हाल विद्यालय बिदा रहेको प्रधानाध्यापक टंक कटुवालले बताएका छन् । विद्यालय बिदा भएको समयमा लागुऔषध प्रयोग कर्ता विद्यालयमा आउने गरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार लागुऔषध प्रयोग कर्ताहरुले विद्यालय खुलेको समयमा शिक्षिकाहरुलाई जिस्काउने गरेका छन् । लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएपछि स्गानीय त्रसित भएको बताएका छन् । विद्यालयमा ११२ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ कटुवालले जानकारी दिएका छन् । लागुऔषध प्रयोगकर्तालाई आफुले पनि सम्झाउने गरेको उनको भनाई छ । विद्यालयमा उनिहरुले अन्य उच्छृङ्खल कार्य भने नगरेको विद्यालयले जनाएको छ । लागुऔषध प्रयोग कर्ताहरु रातभर पनि सो स्थानमा आउने गरेकाले आफुहरु आजित बनेको स्थानीयले जानकारी दिएका छन् ।

झापामा लागुऔषध नियन्त्रण गर्न प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरो नै सञ्चालन गरेको छ तर पनि लागूऔषध प्रयोग कर्ताको संख्यामा भने कुनै कमी नदेखिएको बताइएको छ । खुल्ला सिमाका कारण पूर्वी नाका कांकरभिट्टा मात्र नभएर दक्षिणी क्षेत्र भद्रपुर लगायतका क्षेत्रहरुबाट पनि लागुऔषध प्रयोग कर्ताहरुले लागुऔषध भित्रियाउने गरेका छन् ।

 

झापालाई लागुऔषध मुक्त बनाउने कार्यक्रममा एआजी विज्ञानराज शर्मा नै आएर भने सबै मिलेर लागुऔषध मुक्त बनाउने कार्यक्रम सञ्चालन भएपनि त्यसपछि उक्त अभियान अभियानमै सेलाएर गएको छ । झापालाई लागुऔषध प्रयोग कर्ता मुक्त गाविस घोषणा गर्ने कार्यक्रम प्रहरीले केही वर्ष अघि सञ्चालन समेत गरेको थियो उक्त अभियान पनि अभियानमै सिमित भएको थियो ।

 

झापामा लागु औषध प्रयोग कर्ताहरुमा १५–४५ वर्ष उमेर समूहका अधिक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरेको छ । झापाका कांकरभिट्टा, विर्तामोड, दकम, भद्रपुर लगायतका स्थानमा लागुऔषध प्रयोगकर्ताको समूह निकै ठूलो रहेको बताइएको छ । विभिन्न जिल्लाबाट अध्ययनका लागी झापाको विर्तामोड लगायतका स्थानमा आएका युवा युवतीहरु धेरै लागुऔषधको प्रयोगमा फस्ने गरेको प्रहरीको भनाई ।
बेरोजगार, पाश्चात्य सस्कृतिको नक्कल लगायतका विभिन्न कारणले गर्दा धेरै मानिसहरु दुब्र्यसनीमा फस्ने गरेको पाइएको छ । यसैबीच प्रहरीले आफ्ना छोरा छोरी कहाँ जाँदैछ के गर्दैछ भन्ने विषयमा अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर