Aamsanchar

मुसाले नाक टोकेपछि…

Author Image
शनिवार, साउन १५, २०७३

हुम्ला।

musa_1

मुसाले मानिसको नाक टोक्छ र ? धेरैलाई यो कुरो पत्यार नलाग्न सक्छ तर  हुम्ला जिल्लाको सदरमुकाममा एक बालिकाको नाक मुसाले टोकेर उनी बुच्ची भएकी छिन् ।
सिमकोट गाविसको वडा नम्वर–३ निवासी सात वर्षिया सविता नेपालीलाई गत वर्ष घरमा सुतेको अवस्थामा मुसाले नाकमा टोक्यो ।
नाक पुरै मुसाले खाए पछि उपचारका लागि जिल्ला अस्पतालमा जाँदा जिल्लामा उपचार गर्न नसकिने कुरा चिकित्सकहरूले बताए ।

तर गरीबीका कारण उनका अभिभावकले जिल्ला वाहिर गएर औषधोपचार गर्न नसके पछि उनी अहिले पनि नाक बुच्चो अनुहार लिएर हिड्न बाध्य छिन । कतैबाट सहयोग भए उनको नाकको प्लास्टिक सर्जरी वा अन्य उपाएबाट उचार हुने आशमा उनको परिवार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर