Aamsanchar

झापामा दशनामी युवाको नेतृत्व चयन

Author Image
शनिवार, साउन १५, २०७३

govinda giri kvt
बिर्तामोड।
नेपाल दशनामी समाज युवा समिति झापाको नयाा नेतृत्व चयन भएको छ ।
आज शनिवार चारपानेमा सम्पन्न समाजको दोस्रो अधिवेशनले अध्यक्षमा गोविन्द गिरीलाई सर्वसम्मत चयन गरेको छ ।
दशनामी युवालाई गाउा–गाउासम्म संगठित गरी शिक्षा तथा समाज परिवर्तनका लागि रचनात्मक कार्यमा लगाउनका लागि युवा समितिले सशक्त अभियान सञ्चालन गर्ने अध्यक्ष गिरीले बताए । समितिको बरिष्ठ उपाध्यक्षमा डम्बर गिरी, उपाध्यक्षमा कृष्ण गिरी, सचिवमा लक्ष्मण गिरी, सह–सचिवमा इन्द्र गिरी, कोषाध्यक्षमा नारद गिरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अमृत गिरी, दुर्गाबहादुुर वन, समिर गिरी, सुरेन गिरी, भरत गिरी, शिवकुमार गिरी, यामबहादुर गिरी, कुन्दन गिरी, लक्ष्मण गिरी, बालकुमार गिरी, जितेन्द्रकुमार गिरी र दीपक गिरी रहेका छन् ।
अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले गरेका थिए । कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दविक्रम गिरी, संरक्षक भरतलाल गिरी, केन्द्रीय सदस्य डम्बर वन, केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरी, टेकबहादुर गिरी, जिल्ला उपाध्यक्ष खिलबहादुर गिरी, महिला समिति अध्यक्ष पार्वता गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दशनामी समाजका जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष एलबहादुर गिरीले सञ्चालन र समाजका सचिव राजनकुमार गिरीले सञ्चालन गरेका थिए । अधिवेशनको उद्घाटन समारोह युवा समितिका संयोजक गोविन्द गिरीको अध्यक्षतामा भएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर