Aamsanchar

गाउँमा कविता विषयक कविगोष्ठी

Author Image
शनिवार, साउन १५, २०७३

मोरङ ।

13874755_1063980130356761_368076628_n

मोरङको विराटनगरस्थित झोराहाट नाट्य केन्द्रको आयोजनामा शनिबार गाउँमा कविता विषयक कविगोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा कवि तथा कवयत्रीहरुले विभिन्न रचनाहरु प्रस्तुत गरेका थिए । गाउँमा लुकाका प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले नाट्य केन्द्रले कविता वाचन कार्यक्रम गर्दै आएको बताइएको छ ।

कविता वाचन कार्यक्रममा झापाकी कवयत्री लीला अनमोल, धरानका कवि श्रीशिशा राई, विराटनरका उमेश लुइटेल र मञ्जुश्री गिरीले चार–चार वटा कविताहरु प्रस्तुत गरेका थिए ।  गत वैशाख १ गतेबाट सञ्चालनमा आएको झोराहाट नाट्य केन्द्रले कविता वाचन, नाटक प्रदर्शन लगायतका विभिन्न साहित्यिक गतिविधि गर्दै आएको नाट्य केन्द्रका निर्देशक भरत गुरागाँईले बताका छन् ।

नाट्य केन्द्रका गण्डकी पुत्रले सञ्चालन गरेको कार्यक्रममा कवयत्रीहरुले समसामयिक परिस्थितिका विषयमा आफ्ना रचनामार्फत् प्रस्तुत गरेका थिए । कार्यक्रममा कवयत्री अनमोलले कान्छा शहर नजाऊ, म, म हुँ विद्रोह, दुर्घटना लगायतका शिर्षकमा आफ्ना रचनाहरु प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा लगायतका जिल्लाबाट विभिन्न कवि तथा कवयत्रीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर