Aamsanchar

काम लगाई दिन्छु भन्दै ब्रमलुट

Author Image
आइतवार, साउन १६, २०७३

बिर्तामोड।

Thagi

झापाको डाँगीवारी–७का डिल्लीराम कँडेल त्यस क्षेत्रका नाम चलेका कुखुरा पालक व्यवसायी हुन् । उनले विगत ६ वर्षदेखि व्यवसायिक कुखुरा पालन गर्दै आएका छन् । कुखुरापालन व्यवसायबाटै उनले परिवार धान्दै आएका थिए ।

प्रत्येक लटमा ४ लाख रुपैयाँसम्मको कमाई गर्दै आएका उनलाई तीनसाता अघि आफ्नै दाजुको साथीले भारतको गोरखपुरमा रहेको एक गार्मेन्ट कम्पनीमा राम्रो काम लगाइदिने भन्दै गर्दै गरेको व्यवसाय छाड्न बाध्य बनाइयो । दाजुसँग फेसबुकमा चिनजान भएर घर पहिल्याउँदै आएकी लक्ष्मीमार्ग निवासी भावना कट्टेलले घरका सबैलाई भारतमा राम्रो काम पाइने आश्वासन देखाउँदै गोरखपुर पु¥याइन् । उनलाई गोरखपुर लानु अघि ती महिलाले मासिक २५ हजार रुपैयाँ भारु कमाई हुने र हरेक महिना कमिशन बढ्दै जाने भन्दै एक वर्ष काम गरे मासिक एक लाख भारतीय रुपैयाँसम्म बचत हुने बताएपछि उनी भारत हुइँकिएका थिए ।
आफ्नो मोटरसाइकलसम्म बेचेर राम्रो कमाई हुने आशामा भारत पुगेका उनी ७ दिनसम्म तालिममा सहभागी भए । तालिममा सहभागी हुँदा भारु ८ हजार रुपैयाँ लाग्ने उनलाई शुरुमा नै भनिएकाले सोही बमोजिम रकम पनि बुझाए । ५ दिनसम्म तालिममा सहभागी हुँदा उनलाई नेटवर्किङको विषयमा मात्र सहजीकरण गरियो । तालिममा बस्दा उनलाई न त मोवाइल चलाउन नै दिइयो न त अरुसँग कुरा गर्र्न दिइयो । विहान खाजा खुवाएर तालिममा सहभागी भएका उनलाई १२ बजे खाना र वेलुका एकैपटक कोठा पु¥याएर मात्रै छाडियो । ५ दिनसम्म वस्ता पनि भने अनुसारको काम नभएपछि उनले आफू बिरामी भएको वहाना बनाएर त्यहाँको बस्तुस्थिति वुझे । सो क्रममा उनले पत्ता लगाए कि आफू ठगिएछु ।
एक सातासम्म तालिममा सहभागी हुँदा लाग्ने सम्पूर्ण खर्च आफ्नै हुँदो रहेछ उनले भने– सोही पैसाले आफूलाई खुवाएर नेटवर्किङ गर्न सिकाइँदो रहेछ र दुई लाख रुपैयाँसम्म लगानी गर्न लगाएर अरु पाँच जनालाई पनि कम्पनीमा पु¥याउनुपर्ने रहेछ । चिल्ला गाडी, राम्रो मोटरसाइकल, स्मार्ट फोन, टाइसुट लगायतको प्रलोभन देखाएर राम्रो कमिशन आउने भन्दै दुई लाख रुपैयाँ शेयरको नाममा लगानी गर्न लगाएर उक्त रकम झ्याप पार्दा रहेछन्– आफू ठगिएको जनाउँदै पूर्वाञ्चलमा आइपुगेका उनले भने ।
उनी मात्र होइन भावना जस्तै व्यक्तिको भरमा परेर कनकाई नगरपालिका–८ सूर्यबहादुर पुरी र कर्णवहादुर राजवंशी पनि ठगिए । उनीहरुलाई पनि गोरखपुरमा पु¥याएर काम लगाइदिने भन्दै दुई–दुई लाख ठग्ने योजना बनाउँदा बनाउँदै उनीहरुको पञ्जाबाट उम्किएर सुनौली हुँदै एक साता अघि नेपाल आइ पुगे । उनीहरु जस्तै नेपालबाट त्यहाँ दैनिक ५०–६० जना पु¥याइने गरेको र उनीहरुबाट ज्यान मार्ने सम्मका धम्की दिँदै दुई÷दुई लाख रुपैयाँ असुल्ने गरेको उनीहरुको भनाइ छ ।
आफूहरु ठगिएको र दैनिक धेरै नेपालीलाई ठगिने गरेको देखेपछि आफूहरुले उक्त गिरोहका नाइकेका रुपमा रहेका दर्पण लामा, सन्तोष खरेल र कुस कुमार चौधरीविरुद्ध माइती नेपाल तथा प्रहरी समक्ष उजुरी गरेको बताएका छन् । उनीहरुले पूर्वाञ्चललाई घटनाको विषयमा जानकारी दिनुअघि इलाका प्रहरी कार्यालय बिर्तामोडलाई समेत लिखित निवेदन दिँदै ठग्नेहरुलाई कार्वाही गर्न र त्यस्तो कार्य बन्द गराउन माग गरेका छन् ।
उनीहरुका अनुसार धेरै सोझा र महिला सो समूहबाट ठगिने गरेका छन् । कतिपय महिलालाई त जवरजस्ती यौन व्यवसायमा सग्लंन गराई नारकीय जीवन बिताउन बाध्य गराउँछन्– कनकाई नगरपालिका–८ का पुरीले भने । रोजगारीको नाममा दिनहँु धेरै झापालीसहित नेपाली ठगिएको देखेपछि पत्रकार समक्ष आएका छौं– उनले भने–अब यस्तो कार्य सबै मिलेर अन्त्य गर्नुपर्छ । कसैले भन्ने वित्तिकै जागिर पाउने आशामा कसैको लहै–लहैमा नलाग्न पनि उनीहरुले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर