Aamsanchar

सुधार गृहमा चरम यातनाले तामााङको मृत्यु

Author Image
आइतवार, साउन १६, २०७३

उर्लाबारी (मोरङ) ।

मोरङको उर्लाबारी–५ स्थित जीवनबचाउ उपचार सेवा गृहले ‘सुधारका लागि’ ल्याइएका उर्लाबारी–३ का ३९ वर्षीय च्याङ्बा भनिने विष्णु तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको दाबी गरेको छ ।

सेवागृहले  पत्रकार सम्मेलनको आयोजना गरी शुक्रबार मध्यराति ११ः४५ बजे मृत्यु भएका तामाङको उच्च रक्तचापका कारण मस्तिष्कको रक्तनली फुटेको र लिभरसमेत जीर्ण भएकाले मृत्यु भएको दाबी गरेको हो ।

सेवागृहमा शारीरिक यातनाका कारण तामाङको मृत्यु भएको भन्दै श्रीमती कमला तामाङले सत्यतथ्य छानबिनका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएपछि पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे जानकारी गराएकी हुन् ।

मृतक तामाङको शव परीक्षणको रिपोर्ट अनुसार कुनै पनि शारीरिक यातना नदिएको देखिएको गृहका अध्यक्ष सागर राईले बताउनुभयो । गत साउन ११ गते सुधार केन्द्रमा भर्ना भएका उर्लाबारी–३ टाँडी स्टेन्डस्थित कर्मा होटलका सञ्चालक ३९ वर्षीय तामाङको शुक्रबार राति मृत्यु भएको थियो ।

शरीरका विभिन्न भागमा निलडाम रहेकाले उहाँको मृत्यु स्वाभाविक नभएर यातनाबाटै भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर